क्यानले भदौ १ गतेबाट राष्ट्रिय टोलीको बन्द प्रशिक्षण सुरु गर्ने | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

क्यानले भदौ १ गतेबाट राष्ट्रिय टोलीको बन्द प्रशिक्षण सुरु गर्ने

CAN nepal

काठमाडौं, १५ साउन । नेपाल क्रिकेट संघ क्यानले भदौ १ गतेबाट राष्ट्रिय टोलीको बन्द प्रशिक्षण सुरु गर्ने तयारी गरेको छ ।  सरकारबाट अनुमति पाएपछि क्यानले भदौ एक गतेबाट राष्ट्रिय टोलीको बन्द प्रशिक्षण सुरु गर्ने तयारी गरेको छ ।

क्यानले कीर्तिपुर क्रिकेट मैदानमा राष्ट्रिय टोलीको बन्द प्रशिक्षण सुरु गर्नका लागि संभावित चुनौती र रोकथामका उपायका सम्बन्धमा चाँडै टुंगो लगाउने बताएको छ । खेलाडीको पीसीआर परीक्षण, मैदानको तयारी खेलाडीको क्वारेन्टीनको व्यवस्था गरेर बन्द प्रशिक्षण सुरु गर्ने छ ।

स्वास्थ्य मन्त्रालयले क्रिकेट खेलाडीको पीसीआर परीक्षणका लागि स्विकृती दिइसकेको छ । क्यानले साउनको अन्तिमसम्ममा खेलाडीको पीसीआर गरिने बताइएको छ । यसका साथै मैदानमा खटिरहेका कामदारको पनि पीसीआर हुनेछ । नेपालले स्कटल्याण्ड र नामिवियासँगको त्रिकोणात्मक सिरीजका लागि बन्द प्रशिक्षण गर्नेछ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले त्यो प्रतियोगिताको नयाँ मिति तोक्ने तयारी गरिसकेको छ । यसैकारण क्यानले खेलाडीलाई सक्दो चाँडो प्रशिक्षणमा राख्ने तयारी गरेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);