आयरल्याण्डविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा इंग्ल्यान्ड विजयी | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

आयरल्याण्डविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा इंग्ल्यान्ड विजयी

एजेन्सी, १६ साउन । आयरल्याण्डविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा इंग्ल्यान्डले आयरल्याण्डलाई ६ विकेटले हराएको छ । साउथह्याम्पटनमा बिहीबार राति भएको खेलमा इंग्ल्यान्डले आयरल्याण्डलाई ६ विकेटले हराएको हो ।

आयरल्याण्डले दिएको १ सय ७३ रनको सामान्य लक्ष्य इंग्ल्यान्डले २७ ओभर ५ बलमा ४ विकेट गुमाएर पुरा गर्यो । इंग्ल्यान्डको जितमा साम बिलिङ्सले अविजित रहदै ६७ र कप्तान इयान मोर्गनले अविजित ३६ रन बनाए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले ४४ ओभर ४ बलमा अलआउट हुँदै १ सय ७२ रन बनाएको थियो । आयरल्याण्डका लागि कुर्टिस काम्फरले अविजित ५९ रन जोडे । इंग्ल्यान्डका डेभिड विलिले पाँच विकेट लिए । जितसँगै इंग्ल्यान्डले तीन खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । दोस्रो खेल शनिबार हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);