इंग्ल्यान्डले पाकिस्तानलाई ९ विकेटले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

इंग्ल्यान्डले पाकिस्तानलाई ९ विकेटले पराजित

एजेन्सी । घरेलु टिम इंग्ल्यान्डले पहिलो एकदिवसीय क्रिकेटमा पाकिस्तानलाई पराजित गरेको छ ।

बिहीबार राति सम्पन्न खेलमा इंग्ल्यान्डले पाकिस्तानलाई ९ विकेटले पराजित गरेको हो । पाकिस्तानले दिएको १ सय ४२ रनको सामान्य लक्ष्य इंग्ल्यान्डले २१ ओभर ५ बलमा मात्र १ विकेट गुमाएर पूरा गर्यो ।

इंग्ल्यान्डको जितमा डाविड मालनले अविजित रहदै ६८ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै डेब्यु खेलाडी जाक क्रलीले पनि अविजित रहदै ५८ रनको अर्धशतकीय इनिङ्स खेले । पाकिस्तानका शहिन शाह अफ्रिदीले १ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले ३५ ओभर २ बलमा अलआउट हुँदै १ सय ४१ रन बनाएको थियो । पाकिस्तानका लागि फखर जमानले सर्वाधिक ४७, शादव खानले ३० तथा सोहिब मक्सुदले १९ रन जोडे ।

पाकिस्तानलाई सस्तैमा समेट्न इंग्ल्यान्डका शकिब महमुदले ४ तथा क्रेग ओभर्टन र माट पर्किनसनले २÷२ विकेट लिए । यस जितसँगै इंग्ल्यान्डले तीन खेलको सिरिजमा १–० को अग्रता बनाएको छ ।

दुई टोलीबीचको दोस्रो खेल शनिबार हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);