ईपीएल टी–ट्वान्टी क्रिकेटलाई आईसीसीको मान्यता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

ईपीएल टी–ट्वान्टी क्रिकेटलाई आईसीसीको मान्यता

काठमाडाैं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले मान्यता दिएको छ ।

आयोजक ईपीएल क्रिकेटले बिहीबार एक विज्ञप्ति निकाल्दै चौंथो संस्करणको प्रतियोगितालाई आईसीसीले स्वीकृति दिएको हो । नेपाल क्रिकेट संघ क्यानले यस अघि नै प्रतियोगिता आयोजनाको लागि अनुमति दिईसकेको छ ।

चौंथो संस्करणको ईपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म हुनेछ । यस अघि चौंथो संस्करणको प्रतियोगिता चैत १ गतेदेखि १५ गतेसम्म टियु क्रिकेट मैदानमा हुने तालिका रहेको थियो ।

तर, कोरोना भाईरसको महामारीको कारण प्रतियोगिता स्थगित भएको थियो । प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन् । साविक विजेता ललितपुर प्याट्रीयट्ससंगै काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारिवर्स रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);