सर्जियो रामोस पीएसजीमा अनुबन्धित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सर्जियो रामोस पीएसजीमा अनुबन्धित

एजेनेसी । स्पेनिस डिफेन्डर सर्जियो रामोस फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)मा अनुबन्धित भएका छन् । रामोसले पीएसजीसँग दुई वर्षको सम्झौता गरेको क्लबले जनाएको छ ।

पीएसजीले सामाजिक सञ्जामा भिडियो सार्वजनिक गर्दै रामोसलाई आफ्नो क्लबमा भित्र्याएको जानकारी दिएको छ ।

रामोसले पीएसजीसँग दुई वर्षको सम्झौता गरेका छन् । उनले पीएसजीमा पनि ४ नम्बरको जर्सी लगाउने छन् ।

रियलबाट रामोसले पाँच पटक ला लिगा र ४ पटक च्याम्पियन्स लिगको उपाधि जितेका छन् ।

रियलबाट ६ सय ७१ खेल खेलेका रामोसले १ सय १ गरेका छन् । साथै उनले ५ पटक ला लिगा, ४ पटक च्याम्पियन्स लिग जितेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);