मड्रिडसँग ३–१ गोल अन्तरले इबर पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

मड्रिडसँग ३–१ गोल अन्तरले इबर पराजित

एजेन्सी, १ असार । स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार क्लब रियल मड्रिडले सहज जित निकालेको छ । कोरोना भाईरसको महामारीले स्थगित लिग सुचारुपछि आइतबार राति भएको पहिलो खेलमा रियलले इबरलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

रियललाई जित दिलाउन टोनी क्रुस, सर्जियो रामोस र मार्सेलोले एक एक गोल गरे । इबरका पेड्रो बिगासले एक गोल फर्काए । खेलको चौंथो मिनेटमा क्रुसको गोलबाट रियलले अग्रता बनाएको थियो । ३० औं मिनेटमा रामोसले गोल गर्दै रियलको अग्रता दोब्बर बन्यो ।

त्यसपछि खेलको ३७ औं मिनेटमा मार्सेलोले गोल गर्दा पहिलो हाफमा रियल ३–० ले अघि रह्यो । दोस्रो हाफमा इबरले एक गोल फर्कायो । खेलको ६० औं मिनेटमा पेड्रोले सान्त्वना गोल फर्काएपनि टोलीको हार जोगाउन सकेनन् । जितसँगै रियलले २८ खेलबाट ५९ अंक जोडेको छ भने पराजित इबर २७ अंक जोडेर लिगको १६ औं स्थानमा रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);