एन्फाले साेमबार बाेलायाे आपतकालिन बैठक | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

एन्फाले साेमबार बाेलायाे आपतकालिन बैठक

काठमाडाैं,३२ जेठ । अखिल नेपाल फुटबल संघ एन्फाले सोमवार आपतकालिन बैठक बोलाएको छ । बैठक ललितपुरको सातदेवाटो स्थित एन्फा कम्प्लेक्समा दिउँसो १ बजे बस्ने जनाइएको छ ।कार्यसमिति बैठक सम्पन्न भएको दुई साता पनि नबित्दै एन्फाले आपतकालिन बैठक बोलाएको हो ।

बैठकका लागि बिभिन्न ४ वटा बिषय तय गरिएको छ । पहिलो बिषय एन्फाको मानार्थ अध्यक्षको बिषयमा रहेको छ । यस्तै, दोस्रो कोरोना राहतको बिषय, तेस्रो भक्तपुर जिल्ला फुटबल संघको बिषय र चौथो विविध अन्तर्गत रहेको जनाइएको छ ।

आन्तरिक विवाद बढ्दै गएपछि वर्तमान कार्यसमितिले एन्फाको मानार्थ अध्यक्षको पद खारेज गरिदिएको थियो । त्यसैगरी भक्तपुर जिल्ला फुटबल संघ वर्तमान नेतृत्वबिरुद्धका कृयाकलापमा संलग्न भएको आरोपमा एन्फाले भक्तपुर जिल्ला फुटबल संघलाई स्पष्टिकरण समेत सोधेको थियो । त्यसमा एन्फाले औपचारिक निर्णय गर्ने जनाइएको छ । यसैगरी बैठकमा कोरोनाबाट प्रभावित बनेका आफुसंग आबद्ध सबै जिल्ला फुटबल संघ, क्लब र संघलाई राहत बितरण गर्ने बिषयमा पनि छलफल हुने बताइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);