रियल मड्रिडको जितमा रामोस नायक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

रियल मड्रिडको जितमा रामोस नायक

सर्जियो रामोस चम्केपछि स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडद्वारा मालागा २–१ ले पराजित, जितपछि रियलको चार अंकको अग्रता

रियल मड्रिडको जितमा रामोस नायक

मड्रिड । लगातारको दुई हारपछि रियल मड्रिडले स्पेनिस ला लिगा जित दर्ता गरेको छ ।

स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा रियल मड्रिडले मालागालाई २–१ ले हरायो ।

रियल मड्रिड यसअघि लगातारको ४० खेलको अपराजित यात्रापछिका दुई खेलमा लगातार पराजित भएको थियो । घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडलाई जिताउन दुवै गोल सर्जियो रामोसले गरे ।

मालागाका लागि एनोर एकोस्टाले एक गोल फर्काए । रामोसले ३५ र ४३ औं मिनेटमा गरी दुई गोल गर्दै घरेलु टोली रियल मड्रिडलाई पहिलो हाफमा २–० को अग्रता दिलाए ।

६३ औं मिनेटमा मालागाका लागि एकोस्टाले एक गोल फर्काए । जितपछि लिग लिडर रियल मड्रिडको १८ खेलबाट ४३ अंक भएको छ ।

रियल दोस्रो स्थानको सेभिल्ला भन्दा चार तथा तेस्रो स्थानको बार्सिलोना भन्दा पाँच अंकले अघि छ ।

राति नै भएको खेलमा स्पानियोलले ग्रनाडालाई ३–१ तथा भ्यालेन्सियाले भिल्लारियललाई २–० ले हरायो । एलाभेस र लेगानेसले २–२ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);