ला लिगामा रियलद्वारा लेगानेस ३–१ ले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

ला लिगामा रियलद्वारा लेगानेस ३–१ ले पराजित

एजेन्सी, १० फागुन । स्पेनिस ला लिगामा रियल मड्रिडले लेगानेसलाई ३-१ ले पराजित गरेको छ । जित संगै रियल अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

लेगानेसलाई ३–१ ले पराजित गर्दै रियल मड्रिड २४ खेलबाट ४८ अंकसहित तेस्रो स्थानमा उक्लिएको हो । गएराति आफ्नो घरेलु मैदानमा भएको खेलमा लेगानेसले खेलको छैटौं मिनेटमा बुस्टिन्जाको गोलमा रियल मड्रिडलाई सुरुवाती झड्का दिएको थियो ।

तर त्यसको पाँच मिनेटपछि रियल मड्रिडले बराबरी गोल फर्कायो । ११ औं मिनेटमा लुकास भाज्क्वेजले बराबरी गोल गरेका हुन् । रियल मड्रिडले खेलको २९ औं मिनेटमा कासिमिरोको गोलमा २–१ को अग्रता लिएकामा ९० औं मिनेटमा मिनेटमा पेनाल्टीमार्फत अर्को गोल गर्‍यो । मड्रिडको लागि पेनाल्टीमार्फत सर्जियो रामोसले गोल गरेका हुन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);