ला लिगा : रियलद्वारा सेल्टा भिगो ६–० ले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

ला लिगा : रियलद्वारा सेल्टा भिगो ६–० ले पराजित

bale

एजेन्सी, ३० बैशाख । स्पेनिस ला लिगामा रियल मड्रिडले सेल्टा भिगोलाई ६–० गोल अन्तरले पराजित गरेको छ । गएराति भएको खेलमा रियल मड्रिडले गारेथ बेलको दुई गोलको मद्दतमा सेल्टा भिगोलाई ६–० गोल अन्तरले पराजित गरेको हो । बेलले खेलको १३ र ३० औं मिनेटमा गोल गरे ।

रियल मड्रिडका लागि इस्को, हाकिमी र क्रुजले एक एक गोल गरे भने एक गोल सेल्टा भिगोका गोमेजले गरिदिए । जितका बाबजुद अन्तिम एक खेल खेल्न बाँकी छँदा रियल मड्रिड अंक तालिकामा तेस्रो स्थानमा छ ।

गएराति नै भएको खेलमा दोस्रो स्थानको एथ्लेटिको मड्रिडले गेटाफेलाई १–० ले पराजित गरेको छ भने चौंथो स्थानको भ्यालेन्सियाले गिरोनालाई १–० गोल अन्तरले पाखा लगाएको छ । रियल बेटिस र सेभिल्लाले २–२ गोलको बराबरी खेलको दिन डेर्पोटिभो ला कोरुनाविरुद्ध ४–२ गोल अन्तरको जित दर्ता गरी भिल्लारियल पाँचौं स्थानमा उक्लिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);