रोनाल्डोको चार गोलको मद्दतमा रियल मड्रिडद्वारा गिरोना ६–३ ले पराजित | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

एजेन्सी, ५ चैत । स्पेनिस ला लिगामा क्रिस्टियानो रोनाल्डोले गोलको बर्षा गरेका छन् ।

रोनाल्डोले गएराति गिरानाविरुद्ध भएको खेलमा ४ गोल गरेका छन् । पहिलो हाफमा एक एक गोलको बराबरी भएको खेलमा रोनाल्डोको गोलको मद्दतमा रियल मड्रिडले गिरोनालाई ६–३ ले पराजित गरेको छ । खेलको ११ औं मिनेटमा गोलको खाता खोलेका रोनाल्डोले ४७ र ६४ औं मिनेटमा थप दुई गोल गरी ह्याट्रिक पूरा गरे । रोनाल्डोको यो खेल जीवनको ५० औं ह्याट्रिक हो ।

रोनाल्डोले चौंथो गोल खेलको इन्जुरी समयमा गरे । रियल मड्रिडको जितमा गारेथ बेल र भाजक्वेजले एक एक गोल गरे । गिरोनाविरुद्धको चार गोलसँगै रोनाल्डोले यो सिजन आफ्नो गोल संख्या ३७ पुर्याएका छन् । गएराति नै भएको खेलमा शीर्ष स्थानको बार्सिलोनाले एथ्लेटिको बिल्बाओलाई २–० ले पराजित गरेको छ ।

भने दोस्रो स्थानको एथ्लेटिको मड्रिड भिल्लारियलसँग २–१ ले पराजित भएको छ । एथ्लेटिको मड्रिडलाई पराजित गरेर भिल्लारियल पाँचौं स्थानमा उक्लिंदा लेगानेससँग २–१ ले पराजित भइ सेभिल्ला छैटौं स्थानमा ओर्लिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);