नेपालको प्रदर्शनलाई आइसीसीद्वारा 'सी ग्रेड'को मुल्याङकन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नेपालको प्रदर्शनलाई आइसीसीद्वारा ‘सी ग्रेड’को मुल्याङकन

किशन भण्डारी
काठमाडौं, ४ चैत
। आइसीसी एकदिवसीय विश्वकप छनौट प्रतियोगितामा नेपालले ४ वर्षका लागि एकदिवसीय मान्यता पाउनुका साथै आठौँ स्थान हासिल गरेको छ । क्रिकेटमा अहिलेसम्मकै ठूलो उपाधी हात पारेको नेपाली क्रिकेट टोलीले प्रतियोगितामा सी ग्रेडको प्रदर्शन गरेको आइसीसीको विश्लेषण छ ।

आइसीसी विश्वकप क्रिकेट छनौट प्रतियोगिता र प्लेअफ गरी ६ खेलमा दुई मात्र जित निकालेको नेपाली क्रिकेट टोली भाग्यशाली सावित भयो । नेपली टोलीको एक दिवसीय मान्यता प्राप्त गर्ने लक्ष्य दुई खेलमा प्राप्त भएको जितले नै पुरा गर्‍यो । र, सन् २०२२ सम्मका लागि नेपालले एकदिवसिय मान्यता पायो । जिम्बाबेमा भएको छनोट चरणको खेलमा नेपालको प्रदर्शन फितलो रह्यो ।

आफ्नो पहिलो खेलमा जिम्बाबेसँग १ सय १६ रनले पराजित भएको नेपालले स्कटल्याण्ड र अफागनिस्तानसँगको खेलमा पनि सम्मानजनक स्कोर बनाउन सकेन । नेपाल स्कटल्याण्डसँग ४ विकेट र अफगानस्तानसँग ६ विकेटले पराजित हुँदा एक मात्र खेल जितेको अफगानिस्तान रनरेटको आधारमा सुपर सिक्समा पुग्यो ।

तथापी, नेपालले अन्तिम खेलमा हङकङकलाई ५ विकेटले पराजित ग¥यो र प्लेअफमा पुपुवा न्युगिनिलाई ६ विकेटले पराजित गर्दै एकदीवसीय मान्यता प्राप्त गर्‍यो । तर प्लेअफको अन्तिम खेलमा नेदल्याण्डसँग पराजित हुँदा नेपालले आठौं स्थानमा चित्त बुझायो । प्रतियोगितामा नेपालको समग्र पदर्शनलाई आइसीसीले सी ग्रेडको मुल्याङकन गरेको छ ।

आइसीसीले नेपालको बारेमा सार्वजनिक गरेको रिपोर्टमा नेपालको विश्वकप छनोट यात्रा पनि नाटकीय भएको र एकदिवसीय मान्यता पाएर राम्रो सफलता हासिल गरेको उल्लेख छ । यो सँगै आइसीसीले १७ वर्षीय लेग स्पीनर सन्दिप लामिछानेको नेपाली टोलीमा भएको सहभागितालाई समेत सकरात्मक पाटोको रुपमा हेरेको छ ।

लामिछानेले ६ खेलमा १३ विकेट लिएका थिए । नेपालको दुबै खेलमा भएको जितमा सन्दिपको अहम भुमिका रह्यो । सन्दीपले हङकङविरुद्ध १७ रन दिएर ३ विकेट र पीएनजीविरुद्ध २९ रन दिएर ४ विकेट लिएका थिए । सन्दीपबाहेक नेपालका अन्य बलरहरुले आफूलाई प्रमाणित गर्न नसकेको आइसीसीको विश्लेषण छ ।

आइसीसीको रिपोर्टमा सन्दिपको बलिङ र कप्तान पारस खड्काले ब्याटिङबाट नेपालले उपलब्धि हासिल गरेपनि अन्य खेलाडिले उल्लेख्य भूमिका नरहेको उल्लेख छ । बेला बखत दिपेन्द्र सिंह ऐरी चम्किए पनि उल्लख्य भुमिका नदेखाएको आइसीसी विश्लेषण छ ।

प्रतियोगितामा कप्तान पारस खड्काले २ सय ३१ रन बनाए । १७ बर्षीय नेपाली बलर प्रतियोगिताकै प्रभावशाली खेलाडि बने । ६ खेलमा ४ दशमलव १० को इकोनोमी रेटमा १३ विकेट लिएका लामिछानेलाई आइसीसीले उनी र पारस खड्काले काँधमा काँध मिलाएर नेपाली क्रिकेटलाई अघि बढाउने विश्वास लिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);