विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको खेल तालिका सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८०, शनिबार

विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको खेल तालिका सार्वजनिक

काठमाडाैं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजको खेल तालिका सार्वजनिक भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले बुधबार सिरिजको खेल तालिका सार्वजनिक गरेको हो । आईसीसीले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो खेल अमेरिकासँग सेप्टेम्बर १३ मा प्रतिस्पर्धा गर्नेछ ।

यस्तै नेपालले दोस्रो खेलमा ओमानसँग सेप्टेम्बर १४मा तेस्रो खेलमा अमेरिकासँग सेप्टेम्बर १७ र नेपालले आफ्नो अन्तिम खेलमा ओमानसँग सेप्टेम्बर १९ मा प्रतिस्पर्धा गर्नेछ । सिरिजका लागि १७ खेलाडी सहित २२ सदस्यीय नेपाली टिम ओमान पुगिसकेका छन् ।

सिरिज अघि नेपालले पपुवा न्युगिनी पीएनजी सँग दुई एकदिवसीय खेल खेल्नेछ । नेपालले पीएनजीसँग पहिलो खेल सेप्टेम्बर ५ र दोस्रो खेल सेप्टेम्बर ८ मा खेल्ने क्यानले जनाएको छ । यस अघि लिग–२ अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ ।

जसमा नेपालले अमेरिकालाई दुई खेलमा हराएको थियो भने ओमानसँग दुबै खेलमा पराजित भएको थियो । लिगमा नेपालले ४ खेलमा ४ अंक जोडदै छैटौं स्थानमा रहेको छ ।

ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ भने १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);