Our Network

कार्तिक ८ २०७८, सोमबार

नेपालले मार्चमा ओमान र अमेरिकासँग एकदिवसीय क्रिकेट श्रृखला खेल्ने

काठमाडौं, १ पुष । नेपालले सन् २०२१ को मार्चमा ओमान र अमेरिकासँग एकदिवसीय क्रिकेट श्रृखला खेल्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत दोस्रो चरणमा नेपालले ओमान र अमेरिकासँग एकदिवसीय सिरिज खेल्ने भएको हो ।

कोरोना माहामारीको कारण स्थगित भएको क्रिकेट विश्वकप लिग २ को तालिका आईसीसीले पुनः सार्वजनिक गरेको छ । तालिका अनुसार नेपालले आगामी मार्च १९ देखी २८ सम्म ओमानमा ओमान र अमेरिकासँग एकदिवसीय क्रिकेट श्रृखला खेल्ने छ । यस्तै, सन् २०२२ को फेब्रेअरीमा नेपालले घरेलु मैदानमा पपुवा न्युगिनी र संयुक्त अरब इमिरेट्सलाई आतिथ्यता गर्नेछ ।

त्यसैगरी नेपालले सन् २०२१ को जुलाईमा स्कटल्याण्डमा नामिबियासंग क्रिकेट श्रृखला खेल्ने छ । सन् २०२२ को जुलाईमा नेपालले अमेरिकामा गएर अमेरिका र ओमानको सामना गर्नेछ । सन् २०२२ को सेप्टेम्बर २२ देखि अक्टोबर २ सम्म नेपालले पपुवा न्युजिनीमा घरेलु टोली र युएईसंग खेल्नेछ । सन् २०२३ मा नेपालले नामिबिया र स्कटल्याण्डको आतिथ्यता गर्नेछ ।

क्रिकेट विश्वकप लिग २ अन्तर्गत अन्तिम चरणमा नेपालले सन् २ हजार २३ को फेब्रेअरीमा युएईमा, पपुवा न्युगिनी र युएईसंग खेल्दै लिग २ समापन गर्नेछ । कोरोना माहामारीको कारण स्थगित भएको लिग २ का थप ९६ खेलको तालिका आईसीसीले सार्वजनिक गरेको हो ।

खेलहरु २०२३ को सुरुवातमा समापन हुने गरि १४ वटा श्रृखलामा बिभाजन गरिएको छ । लिग २ का २१ त्रिदेशीय एकदिवसीय क्रिकेट श्रृखला अन्तर्गत शीर्ष ३ राष्ट्रले आईसीसी क्रिकेट विश्वकप छनोटको लागि स्थान बनाउने छन् । पुछारमा रहेका ४ राष्ट्रले ग्लोबल छनोटबाट आउँने राष्ट्रसंग विश्वकप छनोटको प्लेअप खेल्नु पर्नेछ ।

नेपालले लिग २ अन्तर्गत गत फेब्रेअरीमा ओमान र अमेरिकासंग घरेलु मैदानमा सिरिज खेलेको थियो । घरेलु सिरिजमा नेपालले २ खेलमा जित हात पार्दा २ मा हार ब्यहोरेको थियो ।

Leave a Reply