नेपालले पपुवा न्युगिनीसँग खेल्ने | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

नेपालले पपुवा न्युगिनीसँग खेल्ने

काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टिमले ओमानमा पपुवा न्यु गिनी सँग एकदिवसीय क्रिकेट खेल्ने भएको छ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले पीएनजीसँग दुई खेल खेल्ने भएको हो ।

नेपाल क्रिकेट संघ क्यानले पीएनजी सँगको खेलका लागि अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट अनुमति पाउन भने बाँकी रहेको जनाएको छ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आगामी सेप्टेम्बरमा ओमान र अमेरिकासँग त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ ।

उक्त सिरिज ओमानमा हुने तय भईसकेको छ । सिरिजका लागि नेपालले बिहीबारबाट प्रशिक्षण सुरु गरेको छ । क्यानले सिरिजका लागि १९ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);