ला लिगा फुटबलमा रियल मड्रिडको सहज जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

ला लिगा फुटबलमा रियल मड्रिडको सहज जित

एजेन्सी, १ पुष । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले जित निकालेको छ । मंगलबार राति घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले एथ्लेटिको बिल्बाओलाई ३–१ गोल अन्तरले पराजित गर्दै जित निकालेको हो ।

मड्रिडका लागि करिम बेन्जिमाले दुई तथा टोनी क्रसले एक गोल गरे भने एथ्लेटिको बिल्बाओका लागि कापाले एक गोल फर्काए । पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा क्रसले गोल गरी रियल मड्रिडलाई सुरुवाति अग्रता दिलाए । कापाले बिल्बाओका लागि ५२ औँ मिनेटमा बराबरी गोल गरे ।

त्यसपछि करिम बेन्जिमाले दुई गोल गरी रियल मड्रिडको जित निश्चित गरेका हुन् । ७४ औँ मिनेटमा व्यक्तिगत पहिलो गोल गरेका बेन्जिमाले इन्जुरी समयको दोस्रो अर्थात ९२ औँ मिनेटमा दोस्रो गोल गरी टिमलाई ३–१ को जित दिलाएका हुन् ।

जितपछि रियल मड्रिडले शीर्ष दुई स्थानका रियल सोसिडाड र एथ्लेटिको मड्रिडसँग अंक बारबरी गरेको छ । शीर्ष स्थानको सोसिडाडको १३ खेलबाट २६ तथा दोस्रो स्थानको एथ्लेटिको मड्रिडको ११ खेलबाट २६ अंक रहेको छ । तेस्रो स्थानको रियल मड्रिडको १३ खेलबाट २६ अंक नै भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);