रोनाल्डोको दुई गोलमा रियल म्याड्रिड विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

रोनाल्डोको दुई गोलमा रियल म्याड्रिड विजयी

एजेन्सी, २० फागुन । स्पनिस ला लिगामा रियल मड्रिडले गेटाफेलाई ३–१ गोल अन्तरले पराजित गरेको छ । रियल मड्रिडले किस्टयानो रोनाल्डोको २ गोलको मद्दतमा गेटाफेलाई ३–१ गोल अन्तरले पराजित गर्‍यो ।

खेलको २४ औं मिनेटमा गारेथ बेलले गोलको खाता खोलेका थिए । रोनाल्डोले पहिलो हाफको इन्जुरी समय र ७८ औं मिनेटमा गोल गरे ।  पहिलो हाफमा २–० गोलले पछाडि परेको गेटाफे दोस्रो हाफको सुरुमै १० खेलाडीमा सीमित भयो ।

४७ औं मिनेटमा लोइक रेमी दोहोरो पहेंलो कार्ड पाइ मैदानबाट वाहरिएकामा गेटाफेले ६५ औं पेनाल्टीको अवसर पायो । पोर्टिल्लोले पेनाल्टीको अवसरलाई सदुपयोग गरे । तर त्यसको १३ मिनेटपछि रोनाल्डोले गोल गरी रियल मड्रिडलाई ३–१ को जित दिलाए ।

ला लिगा अन्तर्गत गएराति भएका अन्य खेलमा सेभिल्लाले एथ्लेटिको बिल्बाओलाई तथा लेगानेसले मालागालाई २–० ले पराजित गरेका छन् भने भिल्लारियल गिरोनासँग २–० ले पराजित भएको छ । भिल्लारियललाई पराजित गरेसँगै जिरोना सातौं स्थानमा उक्लिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);