च्याम्पियन्स लिग : रियलद्वारा पीएसजी ३–१ ले पराजित | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

च्याम्पियन्स लिग : रियलद्वारा पीएसजी ३–१ ले पराजित

एजेन्सी, ३ फागुन । ला लिगामा खराब प्रदर्शन गरिरहेको रियल मड्रिडले च्याम्पियन्स लिगमा उत्कृष्ट प्रदर्शन गरेको छ । च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को खेलमा पिएसजी विरुद्ध रियलले पहिलो लेगमा ३-१ को अग्रता लिएको छ ।

रियल मड्रिडले फ्रेन्च लिग वनमा उत्कृष्ट प्रदर्शन गरिरहेको पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई ३–१ गोलअन्तरले पराजित गरेको छ ।  गएराति भएको खेलमा रियल मड्रिडले क्रिष्टियानो रोनाल्डोको दुई गोलको मद्दतमा पीएसजीलाई ३–१ ले पराजित गरेको हो । खेलमा अग्रता भने पीएसजीले लिएको थियो । एड्रिन राबिओटको गोलमा ३३ औं मिनेटमा अग्रता लिएको पीएसजीले सम्हालिएर प्रदर्शन गर्न नसक्दा नतिजा रियल मड्रिडलाई सुम्पिनुपरेको हो ।

रियल मड्रिडका लागि पहिलो हाफको अन्तिममा बराबरी गोल फर्काएका रोनाल्डोले ८३ औं मिनेटमा पेनाल्टीमार्फत अग्रता दोब्बर पारे । त्यसको तीन मिनेटपछि मार्सेलोले अर्को गोल थपे । पीएसजीविरुद्धको दुई गोलसँगै रोनाल्डोले च्याम्पियन्स लिगमा आफ्नो गोल संख्या एक सय पुर्याएका छन् ।

लिभरपुलको जितमा मानेको ह्याट्रिक

च्याम्पियन्स लिग अन्तर्गत गएराति नै भएको अर्को खेलमा लिभरपुलले एफसी पोर्टोमाथि ५–० गोलअन्तरको फराकिलो जित दर्ता गरेको छ । लिभरपुलको जितमा मानेले ह्याट्रिक गरे भने मोहम्मद सलाह र फिरमिनोले एक एक गोल गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);