च्याम्पियन्स लिगमा रियल मड्रिडले जित दर्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

च्याम्पियन्स लिगमा रियल मड्रिडले जित दर्ता

एजेन्सी, १३ फागुन । च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिडले जित दर्ता गरेको छ । बुधबार राति अवे मैदानमा भएको अन्तिम १६ को पहिलो लेग अन्तर्गतको खेलमा स्पेनिस क्लब रियल मड्रिडले इटालियन क्लब एट्लान्टालाई १–० ले पराजित गरेको हो ।

रयलका लागि ८६ औँ मिनेटमा फेर्ल्याण्ड मेन्डीले गरेको गोल नै निर्णायक बन्यो । १७ औँ मिनेटमा रेमो फ्रेउलेर सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि एट्लान्टा १० खेलाडीमा सीमित भयो ।

तर पनि रियल मड्रिडलाई गोल गर्नका लागि अन्तिम समय पर्खिनु परेको हो । दोस्रो लेग आउँदो मार्च १६ मा रियल मड्रिडको मैदानमा हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);