ला लिगा : बेटिसमाथि मड्रिडको संघर्षपूर्ण जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

ला लिगा : बेटिसमाथि मड्रिडको संघर्षपूर्ण जित

एजेन्सी, ११ असोज । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले संघर्षपूर्ण रोमाञ्चक जित निकालेको छ । शनिबार राति रियल मड्रिडले रियल बेटिसबिरुद्ध ३–२ गोल अन्तरको संघर्षपूर्ण रोमाञ्चक जित जित दर्ता गरेको हो ।

स्पेनिस लिगको नयाँ सिजनमा रियल मड्रिडको यो पहिलो जित हो । रियल वेटिसको घरेलु मैदानमा भाल्भर्डेको गोलमा रियलले अग्रता बनाएको थियो । मान्डेले ३५ औं मिनेटमा घरेलु टोलीका लागि बराबरी गोल फर्काएका थिए । त्यसको दुई मिनेटपछि विलियम कार्भाल्होले बेटिस क्लबलाई खेलमा अग्रता दिलाएका थिए ।

लिटी डी सुजा जुनियरको आत्मघाति गोलसंगै मड्रिड क्लब पुन खेलमा फर्किएको थियो । खेल सकिन ८ मिनेट अघि सर्जियो रामोसको पेनाल्टी गोलमा रियलले जित दर्ता गरेको हो ।

रियलले रियल भालाडोलिडसंग सिजनको खेलमा गोल रहित बराबरी खेलेको थियो । रियल मड्रिडले २ खेलबाट तालिकामा ३ अंक जोडेको छ । बार्सिलोनाले आईतबार राति भिल्ला रियलसंग खेल्दै नयाँ सिजनको सुरुवात गर्दैछ ।

गए रातिनै भएका अन्य खेलमा रियल सोसिडाडले इल्चेमाथि ३–० को जित दर्ता गर्यो । गेटाफेले आल्भेससंग र भ्यालेन्सियाले ह्युस्कासंग बराबरी खेल्दै अंक बाँडे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);