स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिडको साँघुरो जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिडको साँघुरो जित

एजेन्सी , २१ मंसिर । स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिडले साँघुरो जित निकालेको छ । शनिबार राति सेभियाको मैदानमा भएको खेलमा रियलले सेभियालाई १–० गोल अन्तरले पराजित गरेको हो । रियलले आत्मघाती गोलबाट जित निकालेको हो ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, खेलको ५६ औं मिनेटमा सेभियाका गोलकिपर यासिन बाउनुले आत्मघाती गोल गरे । त्यहिँ गोल रियलको जितमा निर्णायक बन्यो । जितसँगै रियलले ११ खेलमा २० अंक जोडेको छ ।

रियल लिगको तेस्रो स्थानमा समेत उक्लिएको छ । पराजित सेभिया १६ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ । त्यस्तै गएराति नै भएको अर्को खेलमा बार्सिलोना काडिजसँग पराजित भएको छ । घरेलु मैदानमा भएको खेलमा काडिजसँग २–१ गोल अन्तरले बार्सिलोना पराजित भएको हो ।

काडिजका लागि आठौँ मिनेटमा अल्भारो जिमिनेजले गोल गरे । ५७ औँ मिनेटमा काडिजका पेड्रो अल्कालाले आत्मघाती गोल गरेपछि बार्सिलोना बराबरीमा आयो । तर ६३ औँ मिनेटमा अल्भारो नेग्रेडोले काडिजका लागि विजयी गोल गरे ।

जित निकालेको काडिज १२ खेलबाट १८ अंकसहित पाँचौँ स्थानमा पुगेको छ । पराजित भएको बार्सिलोना १० खेलबाट १४ अंकसहित सातौँ स्थानमा छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);