प्रिमियर लिगमा आज टोटेनह्याम र आर्सनल भिड्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

प्रिमियर लिगमा आज टोटेनह्याम र आर्सनल भिड्दै

एजेन्सी, २१ मंसिर । इंग्लिस प्रिमियर लिग फुटबलमा आज राति टोटेनह्याम र आर्सनलबीच प्रतिस्पर्धा हुँदैछ । टोटेनह्यामले घरेलु मैदानमा आर्सनलसँग खेल्न लागेको हो ।

दुई टिमबीचको खेल नेपाली समय अनुसार राति सवा १० बजे सुरु हुनेछ ।घरेलु मैदानमा टोटनहह्याम जित निकाल्दै शीर्ष स्थानमा उक्लने योजनामा रहेको छ ।तर, आर्सनलविरुद्ध जित निकाल्न टोटेनह्यामलाई त्यति सहज भने छैन ।

आर्सनल पनि घरेलु टोलीलाई हराएर अंक तालिका सुधार गर्ने लक्ष्यमा रहेको छ ।टोटनह्याम १० खेलमा २१ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।आर्सनल भने १३ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);