वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्ट क्रिकेटमा न्यूजिल्याण्ड जिययी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्ट क्रिकेटमा न्यूजिल्याण्ड जिययी

एजेन्सी , २१ मंसिर । घरेलु टिम न्युजिल्याण्डले वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्टमा एक इनिङ्स र १ सय ३४ रनको जित निकालेको छ । आइतबार ह्यामिल्टनमा टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले कप्तान केन विलियमसनको दोहोरो शतकको सहयोगमा ५ सय १९ मा ७ विकेट गुमाएर पारी समाप्तीको घोषणा गरेको थियो ।

वेष्ट इन्डिज पहिलो पारीमा १ सय ३८ रनमै समेटियो । उसका लागि कसैले पनि उल्लेखनीय रन बनाउन सकेनन् । न्युजिल्यान्डका टिम साउथीले ४ विकेट लिएका थिए ।फलोअनमा परेको क्यारेवियन टोलीले दोस्रो पारीमा पनि २ सय ४७ रनमात्र बनाउन सक्यो ।

वेष्ट इन्डिजका मध्यक्रमका ब्याट्सम्यान जर्मिन ब्ल्याकउडले शतक प्रहार गरे पनि अन्यले अपेक्षाअनुसार खेल्न सकेनन् । दोस्रो पारीम न्युजिल्यान्डका नील वाग्नरले ३ विकेट लिए ।यसअघि तीन खेलको ट्वान्टी–ट्वान्टी शृंखला न्युजिल्यान्डले २–० ले जितिसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);