वेस्ट इन्डिजविरुद्ध न्युजिल्यान्ड विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

वेस्ट इन्डिजविरुद्ध न्युजिल्यान्ड विजयी

काठमाडौं । वेस्ट इन्डिजविरुद्धको  पहिलो टी-२० खेलमा न्युजिल्यान्डले १३ रनको जित निकालेको छ । १८६ रनको लक्ष्य पाएको घरेलु टोलीले २० ओभरमा ७ विकेट गुमाउदा १७२ रनमा समेटियो ।

वेस्ट इन्डिजका लागि शामरन ब्रुक्सले सर्वाधिक  ४२ रन बनाए । न्युजिल्यान्डका लागि मिचेल स्टानेरले ३ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले २० ओभरमा ५ विकेट गुमाएर १८५ रनको योगफल तयार पार्‍याे।

उसका कप्तान केन विलियम्सनले सर्वाधिक ४७ रन बनाए । यस्तै, डिभेन कन्वेले ४३, जेम्स निसमले ३३ रनको योगदान गरे । घरेलु टोलीका ओडेन स्मिथले ३ विकेट लिए ।

अब, दोस्रो टी-२० खेल शनिबार हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);