विश्वकप क्रिकेट: अस्ट्रेलियाद्वारा वेस्ट इन्डिज पराजित | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

विश्वकप क्रिकेट: अस्ट्रेलियाद्वारा वेस्ट इन्डिज पराजित

aus vs west indies

काठमाडौं, २४ जेठ । बेलायतमा जारी विश्वकप क्रिकेट अन्तर्गत बिहीबार राति भएको खेलमा अस्ट्रेलिया विजयी भएको छ ।

ट्रेन्ट ब्रिजमा भएको खेलमा अस्ट्रेलियाले वेस्ट इन्डिजलाई १५ रनले पराजित गरेको हो । २८९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ९ विकेटको क्षतिमा २७३ रन बनाउन सक्यो ।उसका लागि साई होपले ६८ तथा निकोलस पूरनले ४० रन बनाए । यस्तै ज्यासन होल्डरले ५१ रनको योगदान दिए पनि जितका लागि पर्याप्त भएन । अस्ट्रेलियाका मिशेल स्टार्कले पाँच तथा प्याट कमिन्सले दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ४९ ओभरमा सबै विकेट गुमाएर २८८ रन बनाएको थियो । अस्ट्रेलियाका लागि नाथन कोल्टर निलले सर्वा्धिक ९२ रन बनाए । यस्तै स्टेभेन स्मिथले ७३, एलेक्स केरीले ४५ र मार्कुस स्टोनिसले १९ रन जोडे । यस्तै बलिङतर्फ वेष्ट इण्डिजका कार्लोस बार्थवेटले तीन, आन्द्र रसेल, शेल्डन कोट्रेल र ओशेन थोमसले दुई–दुई तथा जोसन होल्डरले एक विकेट लिए ।अस्ट्रेलियाले लगातार दोस्रो जित निकालेको छ भने पहिलो खेलमा विजयी भएको वेस्ट इन्डिजको यो पहिलो हार हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);