भारतको रोमाञ्चक जित | ईमाउण्टेन समाचार

Our Network

चैत २० २०८०, मंगलबार

भारतको रोमाञ्चक जित

koholi

काठमाडौं, २७ जेठ । भारतले इङ्ल्यान्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा रोमाञ्चक जित हात पारेको छ । आइतबार राति भएको खेलमा भारतले साविक विजेता अस्ट्रेलियालाई ३६ रनले हरायो । भारतको यो लगातार दोस्रो जित हो । दी ओभल क्रिकेट मैदानमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा भारतको जितमा शिखर धवनको शतक तथा कप्तान विराट कोहली र रोहित शर्माको अर्धशतक महत्वपूर्ण बनेको थियो ।

भारतले दिएको तीन सय ५३ रनको विशाल विजयी लक्ष्य पछ्याएको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा सबै विकेटको क्षतिमा तीन सय १६ रन बनाएको थियो । अस्ट्रेलियाका लागि स्टेभन स्मिथ र प्रारम्भिक ब्याट्सम्यान डेभिड वार्नरले अर्धशसतीय इनिङ खेले । स्मिथले ६९ र वार्नरले ५६ रन बनाए । एलेक्स क्यारीले अविजित ५५, उस्मान ख्वाजाले ४२, कप्तान एरोन फिन्चले ३६ र ग्लेन म्याक्सवेलले २८ रन बनाए । भारतका जसप्रीत बुमराह र भुवनेश्वर कुमारले तीन तीन विकेट लिए । युजभेन्द्र चाहलले दुई विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा पाँच विकेटको क्षतिमा तीन सय ५२ रन बनाएको थियो । भारतका लागि शिखर धवनले शतक तथा रोहित शर्मा र कप्तान विराट कोहलीले अर्धशतक बनाए । प्रारम्भिक ब्याट्सम्यान धवनले एक सय १७ रन बनाए । एकदिवसीय क्रिकेटमा धवनको यो १७औं शतक हो । यसैगरी विराटले ८२ र रोहितले ५७ रन बनाए । हार्दिक पाण्ड्याले ४८, महेन्द्रसिंह धोनीले २७ र लोकेश राहुलले ११ रन बनाए । अस्ट्रेलियाका मार्कस स्टोइनिक्सले दुई विकेट लिए । प्याट कुमिन्स, मिचेल स्टार्क र नाथन कल्टर नाइलले एक एक विकेट लिएका थिए ।

लगातार दोस्रो जित हात पारेको भारतले यसअघिको खेलमा दक्षिण अफ्रिकालाई ६ विकेटले हराएको थियो । तीन खेल खेलेको अस्ट्रेलियाको यो पहिलो हार हो । अस्ट्रेलियाले यसअघि अफगानिस्तानलाई सात विकेट र वेस्ट इन्डिजलाई १५ रनले हराएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);