पल्सर स्पोर्टस अवार्डमा 'किरण शुु'को सह–प्रायोजन | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

पल्सर स्पोर्टस अवार्डमा ‘किरण शुु’को सह–प्रायोजन

goldstar shoes-bidhusi rana

काठमाडौं, २६ जेठ । पल्सर स्पोर्टस अवार्डका लागि किरण शु म्यानुफ्याक्चरले सह–प्रायोजन गर्ने भएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमकबीच किरण शुजकी निर्देशक विधुषी राणा र नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

आगामी असार १७ गते काठमाडौंमा आयोजना हुने ‘पल्सर स्पोर्टस् अवार्ड’ कार्यक्रममा ८ लाख नगदसहित मनोनयनमा परेका विभिन्न खेलाडी र विजेता खेलाडीहरुलाई आफ्ना उत्पादन सामग्री सहितको उपहार उपलब्ध गराउने समझदारी भएको हो । समझदारी पत्रमा सो सम्झौंता एक वर्षसम्म कायम रहने पनि उल्लेख गरिएको छ ।

यस अघि मंच र ख्यातीप्राप्त खेलकुद सामग्रीको उत्पादक कम्पनी ‘केल्मे’ बीच पनि सो अवार्डको प्रायोजक बन्ने सहमति भएको थियो । यस वर्ष पनि मुख्य प्रायोजक हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालि रहेको सो अवार्डका लागि एक हप्ता अघिनै पिपल्स च्वाईस अवार्डको मनोनयन सार्वजनिक भएको थियो ।

जसमा क्रिकेटमा सन्दिप लामिछाने, भलिबलकी रेश्मा भण्डारी, व्याटमिन्टनका प्रिन्स दाहाल, महिला राष्ट्रिय फुटबलर सावित्रा भण्डारी, शारिरीक सुगठनका महेश्वर महर्जन रहेका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);