'पल्सर स्पोर्टस अवार्ड' आगामी जेठ ४ गते हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

‘पल्सर स्पोर्टस अवार्ड’ आगामी जेठ ४ गते हुने

काठमाडौं, २७ चैत । ‘पल्सर स्पोर्टस अवार्ड’ आगामी जेठ ४ गते हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी अवार्डको १४ औं संस्करण आगामी जेठ ४ गते हुने जानकारी गराएको हो ।

कार्यक्रममा २०७४ सालमा खेल क्षेत्रबाट नेपाललाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन योगदान दिएका खेलाडी, प्रशिक्षक र संस्थाहरुलाई सम्मान गर्ने मञ्चले जनाएको छ । विगतका वर्षहरुमा जस्तै यस वर्षको ‘पल्सर स्पोर्टस अवार्ड’ वर्षको उत्कृष्ट खेलाडीहरुलाई प्रदान गर्ने मंचका अध्यक्ष महेश बस्नेतले जानकारी दिए ।

अवार्डका लागि मुख्य प्रायोजक हुलास चन्द एण्ड कम्पनीसँग मंगलबार नै सम्झौता गरिएको छ । सम्झौता पत्रमा  हस्ताक्षर गरेपछि कम्पनीका निर्देशक अभिमन्यू गोल्छाले अवार्डलाई २० लाख बराबरको सहयोग हुने जानकारी दिए ।

उनले देशकै प्रतिष्ठाको रुपमा रहेको खेलकुद क्षेत्रलाई सहयोग गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिए । सहमति अनुसार कम्पनीले अवार्डका लागि १० लाख नगद र ४ वटा पल्सर बाईक उपलब्ध गराउनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);