पल्सर स्पोर्टस अवार्डको मनोनयनमा पर्ने खेलाडीको नाम सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

पल्सर स्पोर्टस अवार्डको मनोनयनमा पर्ने खेलाडीको नाम सार्वजनिक

काठमाडौं, १२ वैशाख । नेपाल खेलकुद पत्रकार मञ्चले प्रत्येक वर्ष आयोजना गदै आएको आठ विधामध्ये पल्सर स्पोर्टस अवार्ड पिपुल्स च्वाइसको मनोनयनमा पर्ने खेलाडीहरुको नाम सार्वजनिक गरेको छ ।

बुधबार सार्वजनिक गरिएका खेलाडीमा क्रिकेटका सन्दिप लामिछाने, फुटबलबाट किरण कुमार चेम्जोङ, गल्फकी प्रतिकम शेर्पा, भलिबलका मानबहादुर श्रेष्ठ र टेवलटेनिसका स्यान्टू श्रेष्ठ रहेका छन् ।

मनोनयनमा परेका आफ्नो मन परेका खेलाडीलाई नागरिकले एसएमएस, फेसबुक लाइक मार्फत मत दिन सक्ने छन् । मञ्चले प्रशिक्षक र खेलपत्रकारको मतलाई यस पटक देखि समावेश गरेको छ ।

सातौं राष्ट्रिय खेलकुदमा समावेश गरिएको ३५ खेलका प्रशिक्षक र खेलकुद पत्रकार मञ्चका ८४ जना सदस्यले मनोनयनमा परेका खेलाडीहरुलाई भोट गर्न पाउनेछन् । प्रशिक्षकले दिएको मतको भ्यालु २५ प्रतिशत हुने छ भने नेपाल खेलकुद पत्रकार मञ्चका सदस्यले दिएको मतको भ्यालु पनि २५ प्रतिशत हुनेछ ।

बाँकी ५०% प्रतिशत मत नागरिकले एसएमएस तथा फेसबुक लाईकबाट दिएको मातबाट प्राप्त हुनेछ । हंसराज हुलासचन्द एण्ड कम्पनीको मुख्य प्रायोजकमा संचालन भएको प्रतिष्ठित स्पोर्टस् अवार्डका लागि २०७४ सालमा खेलाडीले गरेको प्रदर्शनको आधारमा खेलाडीको मनोनयन गरिएको नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष महेश आचार्यले जानकारी दिए । भोटिङ बुधबारदेखि नै खुलेको छ भने अवार्ड आयोजना हुने अघिल्लो दिन जेठ २ गते राति १२ बजेसम्म मत दिन पाइनेछ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);