वर्षका उत्कृष्ट खेलाडी र प्रशिक्षक सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

वर्षका उत्कृष्ट खेलाडी र प्रशिक्षक सार्वजनिक

काठमाडौं, १९ भदौ । पल्सर स्पोर्टस् अवाड २०७३ को चार विधाका मनोनयन आइतबार सार्वजनिक भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले एक कार्यक्रमबीच वर्षका उत्कृष्ट पुरुष खेलाडी, महिला, युवा खेलाडी तथा प्रशिक्षक सार्वजनिक गरेको हो । यसअघि नै पिपुल्स च्वाइस अवार्डका पाँच खेलाडी सार्वजनिक भइसकेको थियो । अवार्ड कार्यक्रम २६ भदौमा हुनेछ ।

 

फुटबलको वर्चस्व

मञ्चका सचिव राजु घिसिङको संयोजकत्वमा रहेको खेलाडी छनोट समितिले मनोनयन सार्वजनिक गर्दा फुटबलले वर्चस्व जमाएको छ । प्रत्येक चार विधामा पाँच व्यक्ति मनोनयन गरिएको छ । जसमा फुटबलका सर्वाधिक पाँच मनोनीत भएका छन् । ब्याडमिन्टन, क्रिकेट र एथलेटिक्सका समान तीन व्यक्ति मनोनयनमा परेका छन् । गत वर्ष राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका आधार मनोनयन गरिएको मञ्चका सचिव घिसिङले जानकारी गराए । छनोट समितिमा निरञ्जन राजवंशी, हिमेशरत्न बज्राचार्य, आदर्श ढकाल र सरिता श्रेष्ठ छन् ।

 

महिलामा कडा प्रतिस्पर्धा

वर्षको महिला खेलाडीमा कडा प्रतिस्पर्धा हुने देखिन्छ । यस विधामा एथलेटिक्सकी कान्छीमाया कोजु, एलेटिक्सकै सरस्वती भट्टराई, आर्चरीकी ज्ञानु अवाले, फुटबलकी सावित्रा भण्डारी र ब्याडमिन्टनमा नङसला तामाङबीच प्रतिस्पर्धा हुनेछ । कान्छीमायाबाहेक अन्य मनोनयनमा परेका महिला खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उपाधि जितेका छन् ।

 

युवामा दीपेन्द्र र अनन्त

वर्षको युवा खेलाडीमा क्रिकेटका दीपेन्द्र सिंह ऐरीले फुटबलका अनन्त तामाङ, जुडोकी मनिता श्रेष्ठ प्रधान, भारोत्तोनलकी कमला श्रेष्ठ र भलिबलकी प्रतिभा मालीसँग प्रतिस्पर्धा गर्ने छन् । ऐरीले गत वर्ष राष्ट्रिय क्रिकेट टोलीबाट २ सय ११ रन बनाएका थिए । उनले जसमा ३ अन्तर्राष्ट्रिय अर्धशतक पनि प्रहार गरे । यसैगरी, फुटबलका अनन्तले एएफसी सोलिडारिटी कपअन्तर्गत सेमिफाइनलमा लाओसविरुद्ध हेडिङ गोल गरेका थिए । उनले गत वर्ष राष्ट्रिय टोलीबाट गतिलो प्रदर्शन गर्न सफल भए ।

 

प्रशिक्षकमा दुई फुटबलबाट

वर्षको उत्कृष्ट प्रशिक्षकमा फुटबलबाट दुई प्रशिक्षक परेका छन् । राष्ट्रिय टोली मुख्य प्रशिक्षक ग्यातुको कोजी र मेघराज केसी छन् । जापानिज प्रशिक्षक कोजीको प्रशिक्षणमा नेपालले एएफसी सोलिडारिटी कप जितेको थियो । जसका कारण नेपाल एसियन कप छनोटमा छनोट भयो । केसीको प्रशिक्षणमा थ्री–स्टारले एएफसी कप छनोट चरण पार गरेको थियो । क्रिकेटका जगत टमाटा र ब्याडमिन्टनका किरण थापाबीच पनि प्रतिस्पर्धा हुनेछ ।

आजको नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);