बंगलादेशसँग अस्ट्रेलिया किन हार्‍यो ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बंगलादेशसँग अस्ट्रेलिया किन हार्‍यो ?

इयान च्यापेल (अस्ट्रेलियन क्रिकेटर)

यो कुनै आश्यर्चजनक नतिजा होइन । अस्ट्रेलिया बंगलादेशसँग सघर्षरत देखियो । पहिलो टेस्टमा बंगलादेशको माथिल्लो स्तरको प्रदर्शन र अस्ट्रेलियन ब्याट्सम्यानले धर्यता गुमाउँदा खेलको नतिजा नै परिवर्तन भएको हो । पछिल्लो समय अस्ट्रेलियाले टेस्ट खेलमा पनि राम्रो गरिरहेको छ । अक्सर दक्षिण एसियाको भ्रमण गर्दा अस्ट्रेलियामा एउटै समस्या हुन्छ । त्यो हो, स्पिन बलरविरुद्ध खेल्न नसक्नु । एसियन कन्डिसनमा अस्ट्रेलियनहरू अहिलेसम्म फिट भइसकेका छैनन् । उनीहरू तीव्र गतिका बलरविरुद्ध राम्रै छन् । जब स्पिन बलिङको कुरा आउँदा त्यहीँनेर नै अस्ट्रेलियन ब्याट्सम्यान चुक्ने गर्छन् ।

 

मुख्यतः अन्तर्राष्ट्रिय लेभलका क्रिकेटर सबै क्षेत्रमा उत्कृष्ट हुनुपर्छ । त्यो मैले अस्ट्रेलियन क्रिकेटरमा देखिनँ । भारतीय ब्याट्सम्यानहरू कुनै वेला सिमर बलरविरुद्ध खेल्न डराउँथे । हामीले हाम्रो समयमा उनीहरूलाई तीव्र गतिका बलरद्वारा हैरान बनाउने गथ्र्यौँ । अहिले म हेर्छु, भारतीय ब्याट्सम्यानले तीव्र गतिका बलरसँग राम्रैसँग प्रतिस्पर्धा गर्न सक्छन् । र, अस्ट्रेलिया हार्नुको पछाडि पनि स्पिन बलिङ एट्याक्टविरुद्ध खेल्न नसक्नु नै हो ।

 

आसन्न एसेज सिरिज अघि अस्ट्रेलियन टोली पराजित हुँदा इंग्ल्यान्ड खुसी भएको हुनुपर्छ । टेस्ट वरीयताको तल्लो स्थानमा रहेको बंगलोदशसँगै पराजित हुँदा अस्ट्रेलियन क्रिकेटरको मनोबल केही खस्केको हुनुपर्छ । यसको फाइदा अब इंग्लिसम्यानले लिनेछन् । बंगलादेश भ्रमणअघि अस्ट्रेलियन क्रिकेटरले खासै अभ्यास गर्न पाएनन् । उनीहरू घरेलु विवाद समाप्त पार्दै सीधै सिड्नीबाट ढाका प्रस्थान गरेका थिए ।

एसियन कन्डिसनमा अस्ट्रेलियन क्रिकेटर अहिलेसम्म फिट भइसकेका छैनन् । उनीहरू तीव्र गतिका बलरविरुद्ध राम्रै छन् । जब स्पिन बलिङको कुरा आउँछ, त्यहीँनेर नै अस्ट्रेलियन ब्याट्सम्यान चुक्ने गर्छन् । बंगलादेशविरुद्ध टेस्टमा उनीहरू स्पिन बलरविरुद्ध खेल्न सकेनन्।

 

केही दिनको अभ्यासले टेस्टजस्तो विधामा खेल्न मुस्किल पर्छ । यता अस्ट्रेलियन क्रिकेट बोर्ड र खेलाडीबीच विवाद भइरहँदा बंगलादेशले भने आफ्नो तयारी राम्रोसँगै गरेको देखिन्छ । हुन त अस्ट्रेलिया बंगलादेश आउनुअघि दक्षिण अफ्रिका जानुपर्ने थियो । तर, विवाद नसुल्झिँदा उनीहरू त्यहाँ गएनन् । जसको परिणाम उनीहरूले बंगलादेशसँग भोगे । प्रोफेसनल क्रिकेटरले धेरै शत प्रतिशत नतिजा दिनुपर्छ भन्ने म विश्वास गर्छु ।

 

उदाहरणका लागि म पुनः भारतलाई लिन रुचाउँछु । केही समयअघिसम्म भारत श्रीलंकामा जाँदा त्यहाँ खराब नतिजा निकाल्थो । यसपटक नतिजा हेर्नुस् त । भारतले श्रीलंकाको भूमिमा टेस्ट खेलमा ३–० को नतिजा निकाल्यो । जुन उनीहरूको ऐतिहासिक प्रदर्शन र सफलता हो । यो भनेकै भारतीय खेलाडी प्रोफेसनलिज भइसकेका छन् । उनीहरूले वेस्ट इन्डिजमा जाँदा त्यही किसिमको नतिजा निकाले।

 

फेरि भारतीय खेलाडीलाई उनीहरूको घरेलु लिग इन्डियन प्रिमियरले पनि धेरै सहयोग पु¥याएको छ । सिजन ब्रेक हुँदा भारतीय खेलाडीहरू ४५ दिन आइपिएलमै व्यस्त हुन्छन् । यहाँबाट नवप्रतिभा खेलाडी उत्पादन हुन्छन् । यसले भारतीय टोलीले प्रत्येक वर्ष नयाँ–नयाँ खेलाडी पाइरहेको छ । सबै आउने युवा खेलाडी व्यावसायिक रूपमा फिट छन् । तर, अस्ट्रेलिया विगत दुई महिनादेखि बोर्डसँगको सम्झौता हुन नसक्दा बेरोजगार नै बसे । क्रिकेटको सम्बन्धित पक्षले नै आफ्ना खेलाडीसँग सम्झौता नगर्दा कस्तो हालत होला ? कुन मानसिकतामा क्रिकेटर खेल्न सक्छन् । अस्ट्रेलिया बंगलादेशसँग पराजित हुनुको पछाडि पनि मनोविज्ञान नै हो । बंगलादेशमा उनीहरू फिट थिएनन् ।
जब विवाद समाप्त भयो, अस्ट्रेलियन क्रिकेटरसँग केवल दुई अभ्यास खेल मात्र रह्यो ।

 

त्यो दुई अभ्यास खेलले खेलाडीको आत्मबल तथा फिटनेस सुधार हुँदैन । उनीहरूले बंगलादेशको पिच कस्तो छ भन्ने हेक्का राख्न पाएनन् । एक ब्याट्सम्यान वा बलरले पिचबारे अगाडि नै जानकारी लिँदा त्यसबाट धेरै फाइदा लिन्छन् । घरेलु टोलीलाई आफ्नो पिच र मौसमबारे राम्रो जानकारी हुन्छ । पाहुना टोली कम्तीमा दुई साताअघि नै त्यस स्थानमा जानुपर्छ । अस्ट्रेलियन क्रिकेटर यिनै पक्षमा चुक्यो । यसमा उनीहरूको दोष छैन । यसबारे अस्ट्रेलियन क्रिकेट बोर्डले बुझ्नुपर्ने पक्ष हो । पहिलो टेस्टमा जस्तो नतिजा आए पनि अब दोस्रो टेस्टमा यस्तो हुँदैन भन्ने विश्वास छ । किनभने, पहिलो टेस्टमा गरेका गल्ती अस्ट्रेलियन क्रिकेटरले गर्ने छैन र बंगलादेशलाई कडा चुनौती दिनेछ।

(क्रिकेटको अन्तर्राष्ट्रिय वेबसाइट क्लिकइन्फोको स्तम्भबाट नयाँ पत्रिकाले समाचार साभार गरेको खबर हामिले लिएका हौ ।)

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);