विश्वकप छनोटः लग्जेम्बर्गसँग अप्रत्यासित बराबरीमा रोकियो फ्रान्स | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८०, बुधवार

एजेन्सी, १९ भदौ । विश्वकप फुटबल छनौटअन्तर्गतको खेलमा फ्रान्स अप्रत्यासित रुपमा लग्जेम्बर्गसँग बराबरीमा रोकिएको छ ।

 

युरोपियन क्षेत्रको छनौट अन्तर्गत समूह ‘ए’ मा रहेको फ्रान्स घरेलु मैदानमा गएराति भएको खेलमा लग्जेम्बर्गसँग गोलरहित बराबरीमा रोकिएको हो । फिफा बरियतमा दशौं स्थानमा रहेको फ्रान्स आफूभन्दा एक सय २६ स्थान तल रहेको टिमसँग बराबरीमा रोकिएको हो । फ्रान्सले सन् १९१४ पछि लग्जेम्बर्गलाई पराजित गर्न नसकेको यो पहिलो पटक हो । स्टार खेलाडीहरु पउल पोग्बा, एन्टोनी ग्रिजम्यान र केलिय एमबाप्पे रहेको फ्रान्सलाई लग्जेम्बर्गले गोल गर्न दिएन । बराबरीपछि पनि फ्रान्स १७ अंकसहित समूहको शीर्ष स्थानमा कायमै छ ।

 

गएराति नै भएको अर्को खेलमा ग्रीसमाथि २–१ को नतिजा निकालेर बेल्जियम विश्वकपमा छनोट भएको छ । बेल्जियम युरोपियन क्षेत्रबाट विश्वकपमा छनोट हुने पहिलो देश बनेको छ । बेल्जियमको जितमा रोमेलु लुकाकु र जन भरटोन्घेनले एक/एक गोल गरे ।

नेदरल्याण्डले विश्वकपमा छनोट हुने आशा जिवितै राखेको छ । बुल्गेरियालाई ३–१ ले पराजित गरेर नेदरल्याण्डले विश्वकपमा छनोट हुने आशा जिवितै राखेको हो ।

 

विश्वकप छनोट अन्र्तगत गएराति भएका खेलमा पोर्चुगल, स्वीजरल्याण्ड, इस्टोनिया, बोस्निया हर्जगोभिना, स्वीडेन र क्रोएसिया विजयी भएका छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);