मैत्रीपूर्ण खेलमा स्पेन बिजयी, फ्रान्स बराबरीमा रोकियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

मैत्रीपूर्ण खेलमा स्पेन बिजयी, फ्रान्स बराबरीमा रोकियो

spain vs tunisia

एजेन्सी, २७ जेठ । विश्वकपअघिको मैत्रीपूर्ण खेलमा स्पेनले ट्युनिसियामाथि संघर्षपूर्ण जित निकालेको छ । सन् २०१० को विश्व विजेता स्पेनले ट्युनिसियालाई खेलको अन्तिम समयमा गोल गरेर १–० गोलअन्तरले पराजित गरेको हो ।

खेलको ८४ औं मिनेटमा लागो अस्पसले स्पेनका लागि विजयी गोल गरे । ट्युनिसियाको रक्षापंक्ति खम्बाको रुपमा प्रस्तुत हुँदा ७० प्रतिशत बल आफ्नो नियन्त्रणमा राखेर पनि स्पेनले गोलका लागि ८४ मिनेटसम्म पर्खनुपरेको हो । स्पेनले विश्वकपमा आफ्नो पहिलो खेल पोर्चुगलविरुद्ध खेल्ने छ ।

गएराति नै भएको अर्को खेलमा विश्वविजेता फ्रान्स अमेरिकासँग बराबरीमा रोकिएको छ । ६९ प्रतिशत बल आफ्नो नियन्त्रणमा राखेर पनि फ्रान्सले अमेरिकामाथि जित दर्ता गर्न सकेन ।

बरु खेलमा अग्रता अमेरिकाले लियो । जुलिआन ग्रिनले खेलको ४४ औं मिनेटमा गोल गरेर फ्रान्सलाई स्तब्ध तुल्याए । फ्रान्सले बराबरी गोल फर्काउन ७८ मिनेटसम्म संघर्ष गर्नुपर्‍यो । एमबाप्पेले फ्रान्सलाई हारबाट जोगाए ।

france-usa

गएराति भएका अन्य मैत्रीपूर्ण खेलमा अष्ट्रेलियाले हंगेरीलाई २–१, मोरक्कोले इस्टोनियालाई ३–१, सर्बियाले बोलिभियालाई ५–१ र डेनमार्कले मेक्सिकोलाई २–० गोलअन्तरले पराजित गरेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);