विश्वकप नजिकिएसँगै सबैको ध्यान मेसीतर्फ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

विश्वकप नजिकिएसँगै सबैको ध्यान मेसीतर्फ

काठमाडाैं, २६ जेठ । दुई पटक विश्वकप फुटबलको उपाधि चुमिसकेको अर्जेन्टिनालाई यसपटक पनि बलियो दाबेदारका रुपमा हेरिएको छ । तर, टिमभन्दा बढी स्टार स्ट्राइकर मेस्सीतिर सबैको ध्यान मोडिएको छ । उनले चमत्कार गर्न सकेमात्र अर्जेन्टिनाले आफ्नो दाबी सार्थक बनाउन सक्ने टिकाटिप्पणी हुन थालेको छ ।

अर्जेन्टिना विश्व सफल फुटबल टिमभित्र पर्दछ । सन् १९७८ र १९८६ मा गरी दुई पटक उसले विश्वकप फुटबलको उपाधि उचालिसकेको छ । त्यसो त, सन् १९२८, १९९० र २०१४ मा फाइनलिष्ट बनेको थियो ।

कुनै बेला अर्जेन्टाइन अल्फ्रेडी दि स्टेफेनो र डिएगो म्यारोडोनालाई मैदानमा वान मेन आर्मीका रुपमा हेरिन्थ्यो । अहिले लियोनल मेस्सीलाई टोलीमा वान मेन आर्मीका रुपमा हेरिन्छ ।

स्टेफेनो र म्यारोडोनाको आफ्नो विश्व रेकर्ड इतिहास छ र मेस्सी नयाँ नयाँ किर्तीमान कायम गर्दै अघि बढ्दै छन् । यसपाली अर्जेन्टिनाको २३ जनाको समुहमा नयाँ खेलाडीको बाहुल्यता कमै छ ।

जती पनि छन् ती सबै पुराना खेलाडी छन् जो त्यती प्रभावकारी छैनन् । गोन्जालो हिग्वइन र सर्जियो अग्युरो जस्ता खेलाडी यसपाली फर्ममा छैनन् । हिग्वइन जसले टिमका लागि वर्षौ देखि खेलेका छैनन् भने यता अप्रिलमा अग्युरो पनि घुडाँमा लागेको चोटका कारण मैदानमा केही महिना देखि थिएनन् ।

त्यसैले यी खेलाडीको प्रदर्शनमा शंका नगर्ने ठाउँ बिरलै छ । यी खेलाडी बाहेक अर्जेन्टिनामा अन्य पाउलो डिबाला, ज्याभिएर मास्चिेरेनो र एन्जेल डि मारिया जस्ता खेलाडी पनि छन् ।

तर डिबाला प्राय बेन्चमा रहनेछन्, मास्चिेरिनो बुढा भइसके, उनी फर्ममा फर्कने सामथ्र्य कम नै छ । यता मारियाको भने केही सम्भावना छ । टिममा रहेका उदयमान खेलाडीहरु मार्कोस अकुना, निकोलस टागलियाफिको, फ्रान्को अर्मानी र इडिआर्डो साल्भियोले पनि केही आशा जगाउने काम गरेका छन् ।

डिफेन्डरमा निकोलास ओटामेन्डीले क्वालीफाएर राउण्डमा देखाएको स्कीलका कारण सम्भावना भएको खेलाडी मान्न सकिन्छ । २२ वर्षिय खेलाडी क्रिष्ट्यान पाबोन यसपाली टिमको मुख्य रोजाईमा परेका छन् ।

उनी नयाँ, छिटो र आक्रमक छन् । गोल गर्न र असिस्ट गर्न उनी प्रखर छन् । तर धेरै सम्भावना बोकेका खेलाडी मेस्सी हुन् । टिमको प्रशिक्षक जर्ज सोम्पालीका मेस्सी नै विश्वकप जित्ने प्रमुख आधार हुन् ।

जसको नेतृत्वमा अर्जेन्टिनाले विश्वकपको उपाधी चुम्ने सौभाग्य मिल्न सक्छ । ब्राजिलिएन विश्वकपको फाइनलसम्म डोहोराउन मुख्य भुमिका खेलेका ३१ वर्षे मेस्सीलाई यसपाली पनि पुरै अर्जेन्टिना र विश्वभरका अर्जेन्टिनाका समर्थकले नियालिरहेका छन् ।

मेस्सीलाई सम्पुर्ण टिमको भार सम्हाल्नु पर्ने देखिन्छ । इकार्डा पनि यसपाली टिममा परेनन् । यता म्यानुवल लाज्नी पनि शुक्रबार अभ्यासका क्रममा घाइते भए । उनी खेलमा फर्केने चान्स अब सकिएको छ । त्यसैले पनि सबैकाे नजर पूर्ण रुपमा मेस्सीतिर सोझिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);