विश्वकपका रोचक पक्ष र जान्नैपर्ने तथ्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

विश्वकपका रोचक पक्ष र जान्नैपर्ने तथ्य

एजेन्सी, ३० जेठ । विश्व खेलकुदको सबैभन्दा ठूलो उत्सव विश्वकप फुटबल भोलिबाट सुरु हुँदैछ । आमदर्शकसँगै खेल विश्लेषकहरु विश्वकपको इतिहासदेखि वर्तमान केलाउँदै भविष्यसम्मको अड्कलबाजी गरिरहेका छन् ।

सँगै विश्वकपमा विगतका रोचक पक्ष र जान्नैपर्ने तथ्यबारे पनि धेरैले चासो राखेका छन् । हेरौँ, २१ औँ संस्करणसम्म आइपुग्दा विश्वकप फुटबलमा भएका महत्वपूर्ण घट्नाहरु के–के हुन् त ?

-रुसमा हुने प्रतियोगिता फुटबलको यो प्रतियोगिता २१ औं विश्व कप हो । यो पटकको विश्व कपमा कुल ३२ टीम छन् र २०२६ पछि कुल ४८ टीम विश्व कपमा भाग लिनेछन् ।

-आइसल्याण्ड र पनामा पहिलो पटक विश्व कप खेल्दैछन् । स्मरणीय छ, पनामाका राष्ट्रपतिले आफ्नो फुटबल टीम क्वालिफाई भएको खुसीयालीमा ११ अक्टुबरमा राष्ट्रिय विदाको घोषणा गरेका थिए ।

-सन् २०३० देखि हरेक विश्वकप खेल्ने टिम ब्राजिल हो र सबैभन्दा बढी पाँच पटक विश्व कपको उपाधि उचाल्ने पनि ब्राजिल नै हो ।

-सन् १९५८ र १९६२ मा ब्राजीलले र १९३४ र १९३८ मा इटलीले लगातार दुई पटक विश्व कपको उपाधि जितेका थिए ।

-सन् २००६ मा १४, २०१० मा १६ र २०१४ मा १८ गोल गरेको जर्मनी अघिल्ला तीन विश्वकपमा सबैभन्दा बढी गोल गर्ने टोली हो ।

-सन् १९९४ मा क्यामरुनविरुद्ध पाँच गोल गरेका रुसका ओलेग सालेन्को एउटा विश्व कपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी हुन् । अघिल्लो विश्व कप संसारको जनसंख्यामा आधा अर्थात करिब ३ दशमलव २ अर्ब मानिसले हेरेका थिए ।

-एसियाली मुलुकमा अहिलेसम्म सबैभन्दा बढी छनौट भएको मुलुक दक्षिण कोरिया हो । उसले १० औं पटक विश्वकप खेल्दैछ ।

-तीन लाख ३४ हजार जनसंख्या रहेको आइसल्याण्ड विश्व कपमा क्वालिफाई हुने सबैभन्दा सानो देश हो । बिना जित धेरैपटक विश्वकप खेलेको नेदरल्याण्डले यो पटकको विश्वकप गुमाएको छ ।

-अहिलेसम्म चारपटक विश्वकप जितेको इटली पनि यसपटक विश्वकप खेल्नेछैन । १९५८ पछि विश्वकपका लागि छनौट नभएको पहिलो टोली पनि इटली नै हो ।

-१९८६ पछि पहिलो पटक अमेरिका पनि यो विश्व कपमा छनौट भएन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);