कोपा अमेरिकाकाे उपाधिका लागि ब्राजिल र अर्जेन्टिनाबीच भिडन्त | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

कोपा अमेरिकाकाे उपाधिका लागि ब्राजिल र अर्जेन्टिनाबीच भिडन्त

काठमाडाैं । कोपा अमेरिका कप फुटबल उपाधिका लागि आईतबार बिहान हुने ब्राजिल र अर्जेन्टिना बीचको प्रतिस्पर्धालाई महाभिडन्तको संज्ञा दिइएको छ ।

ब्राजिलको रियो दि जेनेरियोस्थित माराकाना रंगशालामा हुने फाइनल खेलले दक्षिण अमेरिकी फुटबलको शक्ति राष्ट्रको टुंगो लगाउनेछ । विश्व फुटबल हस्ती ब्राजिल र अर्जेन्टीनाको उपाधि भिडन्तले विश्वकै ध्यान खिचेको छ ।

दक्षिण अमेरिकी फुटबलका दुई शक्ति राष्ट्र ब्राजिल र अर्जेन्टिनाबिच कोपा अमेरिका कप फुटबल उपाधिका लागि आईतबार बिहान भिडन्त हुदैछ । फुटबल जगतले यसलाई महाभिडन्तको संज्ञा दिएबाटै यो खेलप्रति विश्वका सब फुटबल प्रेमिको चासो रहेको स्पष्ट हुन्छ । यी दुइ टोली अहिले सम्म १ सय ११ पटक एक आपसमा भिडेका छन् ।

जसमा अर्जेन्टिनाल ४६ खेलमा जित दर्ता गरेको छ । ब्राजिल मात्र ४० खेलमा विजयी छ । बाँकी २५ खेल बराबरीमा सकिएको तथ्यांक छ । तर विश्वकप फुटबलको इतिहास खोतल्दा ब्राजिल विश्वकै सबैभन्दा सफल राष्ट्रको रुपमा उभिएको पाइन्छ । सन् २०१९ को कोपा अमेरिकाको सेमिफाईनलमा ब्राजिल २–० ले विजयी भएको थियो ।

कोपाका पछिल्ला ५ भिडन्तमा अर्जेन्टिनाले ब्राजिललाई हराउन सकेको छैन । कोपा अमेरिकाको पछिल्ला भिडन्तमा अर्जेन्टिनामाथि ब्राजिल हाबी हुँदै आएको देखिन्छ । दक्षिण अमेरिकी फुटबलको मुख्य प्रतियोगिताको पछिल्ला ५ भेटमा ब्राजिलले अर्जेन्टिनालाई हराएको ईतिहास छ ।

सन् २०१९ को सेमिफाइनल, सन् २ हजार ४ र सातकोे फाइनल, १९ सय ९९ र ९५को क्वार्टरफाईनलमा ब्राजिल विजयी भएको छ । आइतबार बिहानको फाईनलमा अर्जेन्टिना र ब्राजिलका १० नम्बरका खेलाडी सबैका लागि आकर्षणका केन्द्रविन्दु रहेका छन् ।

विश्व फुटबलका दुइ चर्चीत र लोकप्रीय अर्जेन्टिना मेस्सीका लिओनल मेसी र ब्राजिलका नेयमारचिको प्रतिस्पर्धामा कसले बाजी मार्छ त्यो त फाइनल खेलबाटै टुंगो लाग्ने छ । दुवै खेलाडीले कोपा अमेरिकामा उत्कृष्ट प्रर्दशन गरिरहेका छन् । नेयमारले दुई गोल र तीन गोलको अवसर सिर्जना गरिरहेका छन् भने मेस्सीले चार गोल र चार गोलको अवसर सिर्जना गरेका छन् ।

मेस्सीले युरोपेली क्लब फुटबलमा बार्सिलोनाबाट सबै उपाधि जितेका छन् । तर उनले अर्जेन्टिनाका लागि केही पनि उपाधि जित्न सकेका छैनन । अर्जेन्टिना सन् १९९३ पछि पहिलो पटक मुख्य उपाधिको खोजीमा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);