कोपा अमेरिका फुटवलको सेमिफाइनल खेल बुधवारबाट | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

कोपा अमेरिका फुटवलको सेमिफाइनल खेल बुधवारबाट

पहिलो खेलमा उपाधि दाबेदार ब्राजिल र अर्जेन्टिनाबीच भिडन्त

एजेन्सी, १६ असार । ब्राजिलमा जारी कोपा अमेरिका फुटबलको सेमिफाइनल बुधबारबाट सुरु हुँदैछ । पहिलो सेमिफाइनलमा दुई उपाधि दाबेदार राष्ट्र ब्राजिल र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुनेछ ।

ब्राजिलको स्टाडियो मिनिराओ रंगशालामा हुने दुबै टीमको खेललाई खेलक्षेत्रमा महत्वका साथ हेरिएको छ । लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले भेनेजुएलालाई २–० गोल अन्तरले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको थियो ।

यस्तै, ब्राजिलले पाराग्वेलाई ४–३ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । दुवै टोली फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रने भएता पनि एउटा टीमले फाइनल यात्रा तय गर्न सक्ने छैन । सेमिफाइनलमा जुन टीमले हार ब्यहोर्छ त्यो टीम फाइनलमा पुग्नेछैन ।

ब्राजिल र अर्जेन्टिनाबीचको विजेताले फाइनलमा चिली र पेरुबीचको विजेतासँग खेल्नेछ । कोपा अमेरिकाको इतिहासमा ब्राजिल र अर्जेन्टिना चौंथो पटक भिड्न लागेका हुन् । समग्रमा भने ब्राजिलले ४५ खेल जितेको छ भने अर्जेन्टिनाले ३९ खेल जितेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);