विश्वकप क्रिकेट: इंग्ल्याण्डद्वारा भारत पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

विश्वकप क्रिकेट: इंग्ल्याण्डद्वारा भारत पराजित

england v india

काठमाडौं, १६ असार । विश्वकप क्रिकेट अन्तर्गत आइतबार राति भएको भएको खेलमा इंग्ल्याण्डले भारतलाई ३१ रनले पराजित गरेको छ ।

जितसँगै इंग्ल्याण्ड १० अंकका साथ तालिकाको चौथो स्थानमा पुगेको छ । हारका बाबजुद भारत अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । इंग्ल्याण्डले पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३ सय ३७ रन बनाएको थियो । उसका लागि जोनी बेयरस्टोले १ सय ११ रन योगदान गरेका थिए । यस्तै बेन स्टोक्सले ७९ र जो रुटले ४४ रन बनाएका थिए । बलिङतर्फ भारतका मोहम्मद शमीले ५ विकेट लिएका थिए । ३ सय ३८ रनको लक्ष्य पछ्याएको भारतले ५ विकेट गुमाउँदै ३ सय ६ रन मात्र बनाउन सक्यो ।

भारतका लागि रोहित शर्माले १ सय २ र बिराट कोहलीले ६६ रन योगदान गरे । कप्तान बिराट कोहली र रोहित शर्माले दोस्रो विकेटका लागि १ सय ३८ रनको साझेदारी गरे । यस्तै ऋषभ पन्तले ३२, हार्दिक पाण्ड्याले ४५ र महेन्द्र सिंह धोनीले ४२ रन बनाएका थिए । इंग्ल्याण्डका लागि लियाम प्लंकेटले ३ र क्रिस वोक्सले दुई विकेट लिएका थिए । इंग्ल्याण्डलाई विश्वकपमा सन् १९९२ पछि भारतविरुद्ध पहिलो जित मिलेको हो । जारी विश्वकपमा भारतको भने यो पहिलो हार हो । अब सेमिफाइनलमा पुग्नका लागि इंग्ल्याण्डले ३ जुलाईको खेलमा न्युजिल्याण्डलाई हराउनु पर्नेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);