इंग्ल्यान्डविरुद्धको तेस्रो टेस्टमा भारतकाे सानदार जित | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

इंग्ल्यान्डविरुद्धको तेस्रो टेस्टमा भारतकाे सानदार जित

एजेन्सी, १४ फागुन । अहमदाबादमा टेस्टको दोस्रो दिन बिहीबार भारतले इंग्ल्यान्डलाई १० विकेटले पराजित गरेको हो । जितसँगै भारतले ४ खेलको सिरिजमा २–१ को अग्रता बनाएको छ ।

नरेन्द्र मोदी क्रिकेट स्टेडियममा इंग्ल्यान्डले दिएको ४९ रनको लक्ष्य भारतले बिना विकेटको क्षतिमा पुरा गर्यो । भारतका लागि दोस्रो इनिङ्स रोहित शर्माले अविजित रहदैं २५ रन बनाए । यस्तै शुबमन गिलले अविजित १५ रन जोडे ।

यसअघि दोस्रो इनिङ्समा इंग्ल्यान्ड ८१ रनमा अलआउट भएपछि भारतले ४९ रनको लक्ष्य पाएको थियो । दोस्रो इनिङ्समा इंग्ल्यान्डका बेन स्टोक्सले सर्वाधिक २५ रन बनाए । कप्तान जोय रुटले १९ रन जोड्दा ओली पोपले १२ रन बनाए । भारतका अक्षर पटेलले ५ विकेट र रविचन्द्र आश्विनले ४ विकेट लिए ।

त्यसअघि भारत पहिलो इनिङ्समा १ सय ४५ रन जोड्दा अलआउट भएको थियो । भारतका लागि रोहित शर्माले ६६ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान विराट कोहलीले २७ रन बनाए । रविचन्द्र आश्विन १७ रनमा आउट भए । सुबमन गिल ११ रनमा आउट हुँदा इशान्त शर्मा १० रनमा अविजित रहे ।

भारतलाई सस्तैमा समेट्न इंग्ल्यान्डका जोय रुटले ८ रन खर्चिएर ५ विकेट लिए । ज्याक लिचले ४ विकेट लिए । इंग्ल्यान्ड पहिलो इनिङ्समा १ सय १२ रन जोड्दा अलआउट भएको थियो ।

इंग्ल्यान्डका लागि जाक क्रलेले सर्वाधिक ५३ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान जोय रुटले १७ रन जोड्दा बेन फोकेसले १२ र जोफ्रा आर्चरले ११ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । भारतका अक्षर पटेलले ६ विकेट लिए । रविचन्द्र आश्विनले ३ तथा इशान्त शर्माले १ विकेट लिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);