अष्ट्रेलियाविरुद्धको दोस्रो टेष्टमा भारत विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

अष्ट्रेलियाविरुद्धको दोस्रो टेष्टमा भारत विजयी

एजेन्सी, १४ पुष । अष्ट्रेलियाविरुद्धको दोस्रो टेष्टमा भारत विजयी बनेको छ । मेलबर्नमा घरेलु टोलीमाथि ८ विकेटको जित निकाल्दै भारतले चार म्याचको सिरिज १–१ को बराबरी गरेको हो । अष्ट्रेलियाले दिएको ७० रनको सामान्य लक्ष्य भारतले २ विकेट गुमाएर पुरा गर्यो ।

भारतका लागि प्रारम्भिक ब्याट्सम्यान शुभमन गिलले ३५ र कप्तान अजिन्क्य रहानेले २७ रन बनाए । यसअघि अस्ट्रेलिया आफ्नो दोस्रो इनिङ्समा २ सय रन बनाएर अलआउट भएको थियो । घरेलु टिमले चौथो दिन ६ विकेट गुमाएर १ सय ३३ रनबाट अगाडि खेल्न सुरु गरेको थियो ।

अस्ट्रेलियाले पहिलो इनिङ्समा १ सय ९५ रन बनाएयता भारतले त्यसको जवाफमा ३ सय २६ रन जोडेको थियो । अस्ट्रेलियाले एडिलेडमा भएको पहिलो टेस्ट जितेपछि भारतले रहानेको कप्तानीमा श्रृखलामा उत्कृष्ट पुनरागमन गरेको हो ।

पहिलो टेष्टमा अष्ट्रेलिया ८ विकेटले विजयी बनेको थियो भने तेस्रो टेष्ट जनवरी ७ मा सिड्नीमा सुरु हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);