साफ च्याम्पियनसिप फुटबलको नयाँ मिति तय | ईमाउण्टेन समाचार

Our Network

मंसिर २३ २०८०, शनिबार

साफ च्याम्पियनसिप फुटबलको नयाँ मिति तय

एजेन्सी, १४ पुष । साफ च्याम्पियनसिप फुटबलको मिति तय भएको छ । दक्षिण एसियाली फुटबल महासंघ साफको कार्यकारी समितिको बैठकले कोरोनाका कारण अर्को वर्ष सारिएको साफ फुटबलको मिति तय गरेको हो ।

दक्षिण एसियाली फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता समेत रहेको यो प्रतियोगिता २०७८ साल कात्तिक २८ गतेदेखि मंसिर ११ सम्म बंगलादेशमा हुनेछ । यस्तै, बैठकले साफका उमेर समुहका प्रतियोगिताको मिति समेत टुंगो लागेको छ ।

जस अनुसार महिलाका यू–१६ प्रतियोगिता सन् २०२१ को अगष्ट १८ देखि २७ सम्म, यू–१९ प्रतियोगिता जुलाई १२ देखि २२ सम्म सञ्चालन हुने भएको छ । त्यस्तै, पुरुषतर्फको यू–१५ अक्टोबर १ देखि १० सम्म संचालन हुनेछ भने पुरुषकै यू–१५ अक्टोबर १ देखि १० सम्म र यू–१८ अक्टोबर १५ देखि २४ सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ ।

Leave a Reply