बंगलादेश साफ यू–१८ फुटबलको सेमिफाइनलमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

बंगलादेश साफ यू–१८ फुटबलको सेमिफाइनलमा प्रवेश

काठमाडौं, ६ असोज । बंगलादेश तेस्रो संस्करणको साफ यू–१८ फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार काठमाडौंमा भएको खेलमा भारतसँग गोलरहित बराबरी खेल्दै बंगलादेशले सेमिफाइनलको यात्रा तय गरेको हो । सशस्त्र प्रहरी बलको हलचोक रंगशालामा दुवै टोलीले गोलको अवसर खेर फाल्दा खेल बराबरीमा सकिएको हो ।

बल पोजिसनमा भारतले पकड जमाएपनि गोल गर्न भने सकेन । यस्तै खेलको चौंथो मिनेटमै भारतका पहिलो रोजाईका गोलकिपर प्रभ्सुखान सिंह घाइते भएका थिए ।

बंगलादेशका खेलाडीसँग जुध्न पुग्दा घाइते भएका सिंहलाई हस्पिटल लगिएको थियो । यो बराबरीसँगै समूह ’बी’ को बंगलादेशले २ खेलमा ४ अंक जोडेको छ । र, यस समूहबाट सेमिफाइनलमा पुग्ने पहिलो टिम बनेको छ ।

बंगलादेशले आफ्नो पहिलो खेलमा श्रीलंकालाई ३–० गोल अन्तरले पराजित गरेको थियो । भारतको पनि सेमिफाइनलमा पुग्ने सम्भावना रहेको छ । बराबरीसँगै भारतले १ अंक जोडेको छ । भारतले अब बुधबार श्रीलंकासँग खेल्नेछ ।

उक्त खेलपछि सेमिफाइनल पुग्ने अर्को टोलीको तय हुनेछ । भारतलाई सेमिफाइनल पुग्न श्रीलंकासँग बराबरी खेले पुग्नेछ । श्रीलंकालाई भने जित्नै पर्ने दबाब छ । अहिले सम्म श्रीलंका अंकविहिन रहेको छ । प्रतियोगिता अन्तर्गत मंगलबार भुटान र माल्दिभ्सबीच खेल हुनेछ

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);