बाह्रखरी एभरेष्ट गल्फ आगामी कात्तिकमा हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बाह्रखरी एभरेष्ट गल्फ आगामी कात्तिकमा हुने

काठमाडौं, ६ असोज । विश्वको सर्वाधिक उचाईमा आयोजना हुने बाह्रखरी एभरेष्ट गल्फ आगामी कात्तिकमा आयोजना हुने भएको छ । बाह्रखरी मिडिया इभेन्ट्सले सोमबार पत्रकार सम्मेलन गर्दै बाह्रखरी एभरेष्ट गल्फ कात्तिक ३ र ९ गते आयोजना हुने जनाएको छ । नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धन गर्ने उदेश्यले आयोजना हुने प्रतियोगिता सोलुखुम्बुको कोङ्दे री र गोकर्ण गल्फ क्लबमा हुनेछ ।

प्रतियोगिता अन्तर्गत पहिलो चरणमा कात्तिक ३ गते ४ हजार २५० मिटर उचाईको कोङ्दे रीमा प्रतिस्पर्धा हुनेछ । जहाँ आयोजकले गोकर्ण गल्फ क्लबको सहयोगमा वान होल गल्फ कोर्स तयार भईरहेको जनाएको छ ।

यो विश्वकै सबैभन्दा अग्लो स्थानमा भएको गल्फ प्रतियोगिता हुने आयोजकले जनाएको छ । जुन विश्व कीर्तिमान समेत हो । सगरमाथा क्षेत्र कोङ्दे रीमा ४० बढी कर्पोरेट गल्फरले १ पार ३ कोर्समा प्रतिस्पर्धा गर्ने छन् ।

बाँकी रहेको १७ होलको खेल गोकर्ण गल्फ कोर्समा खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । दोस्री चरणमा अन्य खेलाडी पनि सहभागी हुनेछन् । दुई चरणमा गरि करिब १०० गल्फरले सहभागिता जनाउने छन् ।

प्रतियोगिताको विजेताले गोल्डेन बल प्राप्त गर्ने छन् । यस्तै आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । नेपाल भ्रमण वर्षको पूर्वसन्ध्यामा हुन लागेको बाह्रखरी गल्फका लागि भारत, चीन, अमेरिका,सिंगापुर, श्रीलंका, हङकङ, बेलायत लगायत राष्ट्रका पत्रकार आमन्त्रण गरिएको आयोजकले जनाएको छ ।

यस्तै बीबीसी, सिएनएन, रोयटर्स, एपी, एएफपी, ब्लुमवर्ग लगायतका अन्तराष्ट्रिय सममचार संस्थालाई बोलाइएको आयोजकले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);