मेस्सीले जिते विश्वको सर्वोत्कृष्ट खेलाडी फिफा अवार्ड | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

मेस्सीले जिते विश्वको सर्वोत्कृष्ट खेलाडी फिफा अवार्ड

messi

एजेन्सी, ७ असोज । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले फिफा पुरुष वर्ष खेलाडीको अवार्ड जितेका छन् । गत सिजन बार्सिलोना र अर्जेन्टिनाका लागि गरी ५८ खेलमा ५४ गोल गरेका मेस्सीले क्रिष्टियानो रोनाल्डो र भर्जिल भान डिजेकलाई पछि पार्दै फिफा वर्ष खेलाडीको अवार्ड जितेका हुन् ।

केही समयअघि बालोन डी’अवार्डमा मेस्सी र रोनाल्डोलाई पछि पारेर अवार्ड जितेका भर्जिल भान डिजेकलाई फिफा अवार्डको बलियो दाबेदार मानिएको थियो । तर, मेस्सीले भान डिजेकलाई पछि पारे ।

भान डिजेकको टिम लिभरपुलले गएको सिजन च्याम्पियन्स लिगको उपाधि जितेको थियो र इंग्लिस प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गर्दै उपविजेता बनेको थियो । मिलानमा सोमबार राति भएको अवार्ड वितरण समारोहमा मेस्सी विजेता घोषित भए । युभेन्टसका रोनाल्डो र लिभरपुलका भान डिजेकलाई उनले पछि पारे । मेस्सी यो सँगै ६ पटक विश्वको सर्वोत्कृष्ट खेलाडीका रुपमा चुनिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);