बालोन डी ओर अवार्ड: मोड्रिचले जिते, रोनाल्डो दोस्रो स्थानमा | ईमाउण्टेन समाचार

Our Network

साउन ११ २०८१, शुक्रबार

बालोन डी ओर अवार्ड: मोड्रिचले जिते, रोनाल्डो दोस्रो स्थानमा

luka modric

काठमाडौं, १८ मंसिर । विश्व फुटबलको प्रसिद्ध अवार्ड बालोन डी ओर क्रोयशियाका मिडफिल्डर लुका मोड्रिचले जितेका छन् ।

मंगलवार बिहान फ्रान्सको राजधानी पेरिसमा भएको औपचारिक समारोहमा मोड्रिकलाई अवार्ड दिइएको हो । अवार्डका लागि मनोनयनमा परेका ३० खेलाडीमध्ये मोड्रिकले सबैभन्दा धेरै ७ सय ५३ मत प्राप्त गरेका थिए ।

दोस्रो स्थानमा रहेका क्रिस्टियानो रोनाल्डोले ४ सय ७८ र फ्रान्सका एन्टोइन ग्रिजम्यानले ४ सय १४ मत प्राप्त गरेका थिए । गत वर्षका विजेता रोनाल्डो यसवर्ष दोस्रो भएका हुन । एथ्लेटिको म्याड्रिडका एन्टोनी ग्रिजम्यान तेस्रो तथा पिएसजीका केलियन एमबाप्पे चौथो स्थानमा रहे ।

दुवै फ्रान्सेली खेलाडी हुन् र उनीहरुले गत जुलाईमा विश्वकपको उपाधि जितेका थिए । फ्रेन्च फुटबल म्यागजिनले हरेक वर्ष एकजना उत्कृष्ट खेलाडीलाई यो अवार्ड प्रदान गर्दै आएको छ । मोड्रिचले अवार्ड पाएपछिको १० वर्षसम्मको रोनाल्डो–मेस्सी दबदबामा अवार्ड उचाल्नबाट चुकेका खेलाडीमा आफ्नो अवार्ड समर्पित रहेको बताएका छन् ।

फ्रेन्च फुटबल म्यागजिनले सन् १९५६ देखि प्रदान गर्दै आएको अवार्ड सन् २०१० देखि २०१५ सम्म फिफासँगको सहकार्यमा फिफा बालोन डीओर अवार्डका रुपमा वर्षको उत्कृष्ट खेलाडीलाई प्रदान गर्दे आएको थियो । सन् २०१५ यता भने सहकार्य तोडिएपछि फिफा र बालोन डीओरले छुट्टाछुट्टै अवार्ड दिन थालेका हुन् ।

विश्व फुटबलको व्यक्तिगत तर्फको सबैभन्दा माथिल्लो अवार्डमा विगत एक दशकदेखिको दुई खेलाडीको हालिमुहालीको क्रम भंग भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);