क्रिष्टियानो रोनाल्डोले जिते ‘ग्लोब सकर अवार्ड’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

क्रिष्टियानो रोनाल्डोले जिते ‘ग्लोब सकर अवार्ड’

एजेन्सी । रियल मड्रिडका पोर्चुगिज स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले वर्षको उत्कृष्ट खेलाडी बन्दै ‘ग्लोब सकर अवार्ड’ जितेका छन् । बिहीबार राति युएईमा भएको एक कार्यक्रममा रोनाल्डोले ‘ग्लोब सकर अवार्ड’ पाएका हुन् ।

युरोपियन क्लब एसोसियसन र युरोपियन एसोसियसन अफ प्लयेर्स एजेन्टसले वार्षिक प्रदान गर्दै आएको यो अवार्डमा रोनाल्डोले चौथोपटक जितेका हुन् । रोनाल्डोले यसअघि सन् २०११, २०१४ र २०१६ मा यो अवार्ड जितेका थिए । रोनाल्डोले यो बर्ष फिफा बर्ष खेलाडी र बालोन डी ओरको उपाधिसमेत जितिसकेका छन।

‘ग्लोब सकर अवार्ड’ अन्तर्गत आयोजकले वर्ष खेलाडीसहित अन्य १३ विधामा उत्कृष्ट हुनेलाई अवार्ड दिएको थियो । अवार्ड अन्तर्गत वर्ष क्लबको उपाधि रियल मड्रिडले जितेको छ भने उत्कृष्ट प्रशिक्षक रियल मड्रिडकै जिनेदान जिदान चुनिएका छन् ।

यस्तै प्लेयर क्यारियर अवार्ड फ्रान्सिस्को टोटि र कार्लोस पियुसले संयुक्त रुपमा पाउँदा मास्टर कोच स्पेसल अवार्ड एथलेटिको मड्रिडका प्रशिक्षक डिएगो सिमोनले पाएका छन् । लिग अफ दि इयर स्पेनिस ला लिगाले जितेको छ भने अरब बर्ष टिम साउदी अरेबियाले जितेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);