पोल्याण्डका रोबर्ट लेवान्डोस्की सन् २ हजार २० को उत्कृष्ट फुटबल खेलाडी घोषित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

पोल्याण्डका रोबर्ट लेवान्डोस्की सन् २ हजार २० को उत्कृष्ट फुटबल खेलाडी घोषित

एजेन्सी, ३ पुष । पोल्याण्डका रोबर्ट लेवान्डोेस्की सन् २ हजार २० को अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा बर्ष खेलाडी भएका छन् । अर्जेन्टीनाका लिओेनल मेस्सी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोलाई पाखा लगाउदै जर्मन क्लब बायर्न म्युुनिखका स्ट्राइकर लेवान्डोेस्की सन् २ हजार २० को फिफा बर्ष खेलाडी भएका हुन् ।

लेवान्डोेस्कीले पछिल्लो सिजन बायर्न म्युनिखलाई युरोपको सर्वोत्कृष्ट सफल क्लब बनाउन भूमिका खेलेका थिए । उनी च्याम्पियन्स लिगमा सर्वाधिक गोलकर्ता बनेका थिए भने टिमलाई च्याम्पियन्स लिगको उपाधि दिलाउन ठूलो भूमीका खेलेका थिए ।

यसका साथै उनले टिमलाइ घरेलु लिग बुन्डेसलिगाको उपाधि जितेका थिए । अघिल्लो सिजनमा बार्यनले तीन वटा उपाधि जित्दा लेवान्डोेस्कीको प्रदर्शन उत्कृष्ट रहेको थियो । फिफाको उत्कृष्ट महिला खेलाडीको अवार्ड बेलायतकी लुसी ब्रोन्जीले जितेकी छिन् ।

भोटिङका आधारमा उनले नर्वेकी पिर्नेली हारदेर र फ्रान्सकी विन्डी हेनार्डलाई पछि पारिन । फिफाको उत्कृष्ट प्रशिक्षकको अवार्ड लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले जितेका छन । उत्कृष्ट महिला प्रशिक्षकको उपाधि नेदरल्याण्ड्सकी सरिना विगमनले जितिन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);