विश्व फुटबलकै सफल जर्मन खेलाडी फ्रान्ज बेकेनवरको निधन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

विश्व फुटबलकै सफल जर्मन खेलाडी फ्रान्ज बेकेनवरको निधन

काठमाडौं,२४ पुस । विश्व फुटबलकै सर्वाधिक सफल मध्येका जर्मन खेलाडी फ्रान्ज बेकेनवरको ७८ वर्षको उमेरमा निधन भएको छ । परिवारले एक विज्ञप्ति निकाल्दै बेकेनवरको निधन भएको आधिकारिक घोषणा गरेको समाचार संस्थाहरुले जनाएका छन् ।

परिवारले जारी गरेको विज्ञप्तिमा फ्रान्ज बेकेनबावरको शान्तिपूर्वक निधन भएको उल्लेख छ । विश्व फुटबलका महान मध्ये एक मानिने उनी खेलाडी र प्रशिक्षक दुबै भूमिकामा फिफा विश्वकप जित्ने तीन व्यक्तिमध्ये एक हुन् । उनले सन् १९७४ मा तत्कालीन पश्चिम जर्मनीको कप्तानको रूपमा र १९९० मा प्रशिक्षकको रूपमा विश्वकप जितेका थिए । बेकेनबावरले १९६६ को विश्वकपमा मात्र २० वर्षको उमेरमा चार गोल गर्दै प्रतियोगिताको उत्कृष्ट युवा खेलाडीको उपाधि समेत पाएका थिए ।

एक बहुमुखी खेलाडी उनले मिडफिल्डर र धेरैजसो डिफेन्डरको रूपमा खेलेका थिए । क्लब र अन्तर्राष्ट्रिय स्तरमा सफलताको साथ उनी फिफा विश्वकप, युरोपियन कप, र बालोन डी’ओर जित्ने ९ खेलाडीहरू मध्ये एक हुन् । उनले ३ विश्वकप र २ युरोपियन च्याम्पियनसिपमा पश्चिम जर्मनीको प्रतिनिधित्व गरे र १ सय ३ अन्तर्राष्ट्रिय खेल खेले । बेकेनवरले क्लब करियरमा बायर्न म्युनिखका लागि १९६७ मा युरोपियन कप विनर कप र १९७४ देखि १९७६ सम्म लगातार तीनवटा युरोपियन कप जितेका थिए ।

बेकनबावरले डिफेन्डरको रूपमा १९७२ र १९७६ मा दुई बालोन डी’ओर अवार्डहरू पनि जितेका थिए ।डिफेन्डरको रूपमा यो अवार्ड जित्नु आजसम्म पनि दुर्लभ मानिन्छ । विश्व फुटबल जगतमा उत्कृष्ट उपलब्धिको लागि उनलाई व्यापक रूपमा “डर काइसर” वा “सम्राट” उपमा दिइएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);