पूर्व फिफा रेफ्री खत्रीको निधन | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

पूर्व फिफा रेफ्री खत्रीको निधन

काठमाडौं । पूर्व फिफा रेफ्री तथा रेफ्री इन्स्ट्रक्टर लब खत्रीको निधन भएको छ ।  ५० वर्षीय खत्रीको निधन भएको पारिवारिक स्रोतले जनाकारी गराएको छ ।

पारिवारिक स्रोतका अनुसार आज बिहान मर्निङवाकबाट फर्किएपछि उनी बाथरुम छिरेका थिए । त्यसको केही क्षणमा उनी बाथरुमको ढोकामा अचेत अवस्थामा फेला परेका  थिए । उनलाई उपाचारका लागि मेडिसिटी अस्पताल लगिएकोमा अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।

जावलाखेल युथ क्लब, थ्रि स्टार र फ्रेन्डस क्लका पूर्व खेलाडी खत्री पूर्व फिफा रेफ्री पनि हुन् ।  नेपालका सर्वोत्कृष्ट रेफ्री मानिने उनी सन् २०१८ मा उमेर हदका कारण फिफा रेफ्रीबाट निवृत भएका थिए । फिफा रेफ्रीबाट निवृत भएयता खत्रीले रेफ्री इन्स्ट्रक्टरको रुपमा नेपाली फुटबलको सेवा गर्दै आएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);