प्रज्वल र कसिन साफ यु-२० को निर्णायकमा  | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रज्वल र कसिन साफ यु-२० को निर्णायकमा 

काठमाडौं। नपाली रेफ्रीद्वय प्रज्वल क्षेत्री र किसन कन्हैया यादवले भारतमा आयोजना हुने साफ यु-२० च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन् ।  फिफा रेफ्री प्रज्वल र फिफा असिस्टेन्ट रेफ्री किसनले साफमा नेपालको प्रतिनिधित्व गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।दुबैले एकै पटक सन् २०२१ मा फिफा ब्याज प्राप्त गरेका थिए ।  चौथो संस्करणको साफ आगामी २५ जुलाईदेखि ५ अगष्टसम्म भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुँदै छ । जसमा नेपाल र भारतसहित बंगलादेश, श्रीलंका र माल्दिभ्स गरी चार देशले सहभागीता जनाउनेछन् ।

सिंगल राउण्ड रोविन पद्धतिमा हुने खेलको शीर्षस्थानमा रहने दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । fहाल नेपाली टिमलाई मुख्य प्रशिक्षक मेघराज केसीले प्रशिक्षण गराइरहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);